अन्तर बिद्यालय अतीरिक्त क्रियाकलाप हुदै


दंगीशरण, असार  ४ ।  दंगीशरण गाउँपालिकामा आज देखि दुई दिने अन्तर बिद्यालय अतीरिक्त क्रियाकलाप हुने भएको छ । आधारभुत तह अन्तरगत कक्षा १ देखि ८ कक्षासम्मका बिद्यार्थीहरुका बीचमा प्रतियोगीतात्मक अतीरिक्त क्रियाकलाप हुनेछ ।


दंगीशरण गाउँपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा अन्तर बिद्यालय अतीरिक्त क्रियाकलाप हुने भएको हो । अन्तर विद्यालय अतीरिक्त क्रियाकलापमा गाउँपालिकाका १५ वटा सामुदायीक बिद्यालयका छात्रछात्राहरुले भाग लिनेछन् ।

दुई दिने अतीरिक्त खेलमा कक्षा १ देखि ५ सम्मका खेलाडी बिद्यार्थीहरुका लागि हिसाव दौड, एक सय मिटर दौड, कुर्सी दौड राखिएको छ भने कक्षा ६ देखि ८ सम्मका खेलाडी विद्यार्थीहरुका लागि हाजीरी जवाफ, एक सय मिटर दौड, लङ्गजम्प, वक्तृत्वकला, हिज्य प्रतियोगिता, लोकगीत प्रतियोगिता, निवन्ध लेखन प्रतियोगीता र घैटाँफोर प्रतियोगिता राखिएको शिक्षा शाखाका उप – प्रमुुख अनील के.सीले जानकारी दिएका छन् । खेल विहिवार र शुक्रवार हुनेछ ।

तपाईको प्रतिक्रिया