गुठी विधेयकको पक्षमा आन्दोलन

 

रीता लामा

घोराही, सरकारले भर्खरै राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ को विपक्षमा काठमान्डौमा आन्दोलन भैरहेको छ । संसदमा पनि यसको विपक्षमा नेपाली काग्रेसका सांसदहरुले नारा वाजि गरिरहेका छन् । तर दाङमा भने सरकारले ल्याएको गुठि विधेयक जस्ताको त्यस्तै पास गर्न भन्दै विहिवार घोराहीमा आन्दोलन भएको छ ।
सरकारले भुमिहिन, किसान, सुकुम्वासी र गुठी पीडितको पक्षमा विधेयक ल्याएको भन्दै यहाँको स्वर्गद्धारी गुठी पीडित संर्घष समिती र जिल्ला भुमि अधिकार मञ्चले संयुक्त रुपमा दवाव मुलक ¥याली एवम सभा गरेका हुन् ।

 

उनीहरुको गरेको सभालाई सम्वोधन गर्नको लागि प्रतिनीधिसभा सदस्य एवम नेपाल कम्युनिष्ठ पार्टीकी सचेतक शान्ता चौधरी दाङ आएकी थिइन । उनले सभालाई सम्वोधन गर्दै सरकारले भुमिहिन, सुकुम्वासी, श्रम गर्ने किसानको पक्षमा विधेयक ल्याएको प्रष्ट पारिन । उनले सरकारले चालेको कदमलाई बर्षौ देखि बासको लागि संर्घष गरिरहेका किसानहरुले साथ दिने निकै खुसीको कुरा भएको बताइन ।
उहाँले सरकारले किसानको पक्षमा विधेयक ल्याउन खोजे पनि केही भु माफिया र प्रतिपक्ष काग्रेसले विरोध गरेर विधेयक पास हुन नदिएको बताइन । उनले चुनावको समयमा गरिव जनतालाई विभिन्न आश्वासन दिने काग्रेसले अहिले माटोमा हाडछाला घोटेका किसानको पक्षमा विधेयक आउदा विरोध गर्नु लज्जाको विषयमा भएको बताइन । ‘एउटा मन्दिर र मुर्तिको नाममा हजारौ विगाहाँ जमिन छ तर रातदिन मेहेनत गर्ने किसानको एउटा बस्ने वास नहुनु दुखद कुरा हो ।’ उनले भनिन् ‘जसले मन्दिर बनायो, मुर्तिको संरक्षण ग¥यो उसैको विपक्षमा काग्रेस लागेको छ ।’ कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी पुर्व भुमि अधिकारकर्मी शान्ता चौधरीले सरकारले ल्याएको विधेयक जस्ताको त्यस्तै पास गराउनको लागि अझै ससक्त आन्दोलन गर्न भुमिहिन, सकुम्वासी र गुठी पीडितहरुलाई आग्रह गरिन् ।

 

 

 

यस्तै कार्यक्रममा प्रतिनीधिसभा सदस्य गंगा चौधरीले खेतवारी जोतेर खुट्टामा ठेला उठाएकाहरुको पेटमा लात हान्ने काम प्रतिपक्षले गरिरहेको बताइन् । गलत कामको विरोध गर्नुपर्ने प्रतिपक्ष दल विरोध कै लागि राम्रा कामको पनि विरोध गरेर पछिल्लो समय विवेकहिन जस्तो देखिएको आरोप समेत लगाइन् । गुठी विधेयकलाई आफुहरुले जसरी पनि किसानको पक्षमा गराएरै छोड्ने उनको भनाई छ । गुठीको जग्गामा १० बर्ष देखि बस्दै आउकाहरुलाई बस्न दिने भन्ने कुरा विधेयकमा उल्लेख भए पनि प्रतिपक्षलाई त्यो सहन गाह्रो भएको उनले बताइन् । कार्यक्रमकी विशिष्ठ अतिथि समेत रहेकी चौधरीले पीडित किसानको अधिकारको लागि आफु निरन्तर आवाज उठाइरहने आश्वासन समेत दिइन् ।

 

विरोध सभामा जिल्लाका स्वर्गद्धारी, चौघेरा गुठी एवम विभिन्न विद्यालय, क्याम्पसका सरकारी जग्गा भोग चलन गर्दै आईरहेको किसान एवम भुमिहिन सुकुम्वासीहरु सहभागि भएका थिए । उनीहरुले किसानको पक्षमा आएको विधेयकले विरोध गर्ने, पास हुन नदिएर बाधा अड्चनको काम गरिरहेको भन्दै चिन्ता व्यक्त गरे ।
जिल्ला भुमि अधिकार मञ्चका अध्यक्ष देउमन दमाइको अध्यक्षतामा सम्पन्न सभामा नेकपाका जिल्ला सचिव सुवास पुन, राष्ट्रिय जनमोर्चाका प्रदेस संयोजक रेशम विसि, भुमि अधिकारकर्मी कृष्णकुमार चौधरी, प्रभु चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया