‘बाहुबली’ अभिनेता प्रभासको चलचित्र ‘साहो’ को टिजर सार्वजनिक (भिडियो सहित)

काठमाडौं । ‘बाहुबली’ अभिनेता प्रभासको चलचित्र ‘साहो’को टिजर सार्वजनिक गरिएको छ । एक्सन चलचित्र ‘साहो’को सार्वजनिक टिजरमा प्रभासलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

बाहुबली’ चलचित्रमा काम गरेपछि चर्चामा आएका साउथ सुपरस्टार नायक प्रभाष अभिनित नयाँ चलचित्र ‘साहो’को एक्सनले भरिएको टिजर सार्वजनिक गरिएको छ । गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सुजितले निर्देशन गरेका हुन् । चलचित्रमा प्रभाष र नायिका श्रद्धा कपुरको मुख्य भूमिका छ ।

चलचित्रको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ । नायक प्रभासको यो अवतारले दर्शकलाई उत्साहित बनाएको छ । चलचित्रको कथावस्तुको बिषयमा टिजरमा खासै केही खुलाइएको छैन । यो चलचित्रलाई भारतकै सबैभन्दा ठूलो एक्सन चलचित्र भनिएको छ ।

सुजीतको लेखन र निर्देशन रहेको चलचित्रमा प्रभास र श्रद्धा कपुर मुख्य भूमिकामा छन् । ‘साहो’ भारतको स्वतन्त्रता दिवसको (१५ अगस्ट)को अवसर पारेर रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया