लमहीमा प्रथम मेयरकप फुटबल प्रतियोगिता सुरु

देउखुरी, २९ जेठ | लमहीमा प्रथम मेयरकप फुटबल प्रतियोगिता सुरु भएकोे छ । लमही नगरपालिकाको आर्थिक सहयोगमा र सुनखोली विकास संस्थाको आयोजनामा नगरमा प्रथम पटक नगर स्तरीय मेयरकप फुटबल प्रतियोगिता सुरु भएको हो ।

प्रथम मेयरकप फुडबल प्रतियोगिताको एक कार्यक्रमका बिच लमही नगरपालिका नगर उप–प्रमुख देबका बेल्वासेले गर्नु भएको हो । खेल २९ गते देखि ७ गते सम्म संचालन हुने भएको आयोजकले जानकारी दिएको छ ।

नगर स्तरीय मेयरकप फुटबल प्रतियोगितामा नगर अन्र्तगतका १५ वटा टिमले सहभागि जनाएको सुनखोली टोल विकास संस्थाका अध्यक्ष दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । खेल निमय र नकआउट सिस्टममा खेलाइने खेल संयोजक सन्दिप कुवरले बताउनुभयो ।

नगर स्तरीय प्रथम मेयरकप फुटबल प्रतियोगितामा प्रथम पुरस्कार तिस हजार, द्धितिय पुरस्कार बिस हजार र तिृतिय पुरस्कार दश हजार र सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार रहेको खेल संयोजक सन्दिप कुवरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया