हर्मोनल स्वास्थ्य शिविर उपचार गर्ने उच्च चाप

फोटो ः रीता लामा

घोराही, २५ जेठ । दाङको घोराहीमा मधुमेह, थाईराईड तथा हर्मोन रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ दाङ र त्रिभुवन नगर जेसिजको संयुक्त आयोजनामा दुई दिने शिविर शुक्रबार देखी सुरुभएको शिविर आज सकिएको हो ।

शिविरमा मधुमेह, थाईराईड तथा हर्मोन रोग सम्बन्धि बिषेशज्ञ डा. अशुंमाली जोशि सहित स्थानिय स्वास्थ्यकर्मीहरुले बिरामीको जाँच गरेका थिए । शिविरमा करिव ६ सय बढीको स्वास्थ्य जाँच गरिएको थियो । शिबिरमा १० दिन सम्मका लागि औषधी निशुल्क, निशुल्क सुगरको जाँच, ओमपोलीक्लिनिकमा ३ महिने सुगर जाँच र थाईराईड परिक्षणमा ५ सय रुपैयाँ छुट दिईको थियो । जेसिजको सचिवालयमा शिविर संचालन गरिएको थियो ।


शिविरमा ओम पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक प्राली ल्याव पाटनरमा रहेको थियो भने प्राबिधिक सहयोग तर्फ काठमाडौ डाईविटिक एण्ड थाईराईड सेन्टर प्राली र अल्का अस्पताल प्राली काठमाडौ रहेका थिए ।

तपाईको प्रतिक्रिया