‘बेश्या’ शब्दप्रति आपत्ति


(घोराही)
केही समय अगाडी ‘बेस्याबृद्धिमा संलग्न पक्राउ’ भन्ने शिर्षकको समाचार विभिन्न संचार माध्यममा आएकोप्रति अधिकारकर्मी साजिदा सिद्धिकिले आपत्ती जनाएकी छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै बेश्या भन्ने शब्दले महिलालाई मात्र इंकित गर्ने हुदाँ विभेदजन तरीकाले समाचारको शिर्षक लेख्नु उचित नभएको टिप्पणी गरेकी छन् ।

यो शब्दलेलाई सुधारेर अरु नै उपयुक्त शब्दचयनको लागि उनले संचार माध्यमलाई आग्रह गरेकी छन् । यस्ता शब्दले महिला अधिकारको सवालमा चुनौति थपेको उनको तर्क छ ।
विगत दुइ दशक देखि निरन्तर सामाजिक क्षेत्रमा सक्रिय सिद्धिकी एक मुस्लिम समुदायको महिला हुन् । सिसा संस्थाकी अध्यक्ष समेत रहेकी सिद्धिकी सामाजिक विभेद, सांस्कारीक बन्धन जस्ता विरुद्धमा आफै उदाहरणीय कार्य गर्दै आइरहेकी एक उदाहरणीय मुस्लिम समुदायकी महिला हुन् ।

 

तपाईको प्रतिक्रिया