राप्तीमा अध्यक्ष कप हुने


(देउखुरी| राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा अध्यक्ष कप प्रथम गाउँपालिका स्तरिय फुटवल तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने भएको छ ।राप्ती गाउँपालिका क्षेत्रका विद्यालयहरु बीचमा संञ्चालन हुने अध्यक्ष कप प्रथम गाउँपालिका स्तरिय फुटवल तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता यही जेष्ठ २७ देखी ३० गतेसम्म चल्ने राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विकले जानकारी दिए ।


विहान ७ बजेदेखी सुरुहुने अध्यक्ष कप प्रथम गाउँपालिका स्तरिय फुटवल तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता सबैलाई पाएक पर्ने गरी नवज्योति आधारभुत विद्यालय शिरचौरमा संञ्चालन हुने छ ।

अध्यक्ष कप प्रथम गाउँपालिका स्तरिय खेलमा फुटवल खेल मात्र समावेश गरिएको छ भने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीतामा भलिवल छात्रछात्रा, कवड्डी छात्रछात्रा र एथलेटिक्स तर्फ १०० मिटर, ४०० मिटर र १५०० मिटर दौड छात्र छात्रा खेल समावेश गरिएको छ ।

राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले एक सुचना गरी राप्ती क्षेत्रका सामुदायीक तथा संस्थागत विद्यालयहरुका विद्यार्थीलाई दुवै खेलमा सहभागी गराउन अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया