दंगिशरण गाँउपालिका अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ सुरु

लक्ष्मण बस्नेत

जेठ २२ दाङ । दंगिशरण गाँउपालिका स्तरिय प्रथम राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता २०७६ बुधबार देखी हेकुलीमा सुरु भएको छ ।

दंगिशरण गाँउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन प्रदेश सांसद धमकली चौधरीले गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथी सांसद चौधरीले मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धी असम्भव रहको बताउनु भएको छ ।

मावन समाजको मेरुदण्ड हो खेलकुद यसको विकास विना समृद्धी सम्भव छैन अव स्थानिय तह सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक छ चौधरीले भन्नुभयो । खेलकुद क्षेत्रलाई स्थानिय निकायले हेर्ने दृष्टीकोण अझै साँधुरो छ अब खेलकुदमा स्पष्ट लगानीको खाँचो छ, खेलकुदको उर्वरभुमी दाङलाई खेलमय बनाउन अपेक्षाकृत लगानीको आवश्यक्ता पर्दछ उहाँले भन्नुभयो । साथै उहाँले शिक्षा र खेलकुदलाई संग संगै जोडेर लैजानुपर्ने आवश्यक्ता समेत औल्याउनु भयो ।

गाँउपालिका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता तथा प्रदेश सांसद धमकली चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा दंगिशरण गाँउपालिका अध्यक्ष भरत अधिकारी, नेपाली काग्रेसका नेता शोभाकर न्यौपाने, दाङ जिल्ला खेलकुद विकास समितिका सदस्य टोपेन्द्र थापा लगाएतकाले दंगिशरण गाँउपालिकालाई खेलकुदको गन्तव्यका रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिएका थिए । गाँउपालिका उपाध्यक्ष पिमा वली खड्काको स्वागत रहेको कार्यक्रमको संचालन बिनोद अधिकारीले गर्नु भएको थियो ।

तिन दिन सम्म चल्ने प्रतियोगितामा गाँउपालिका भित्र स्थापित निजी तथा सामुदायिक गरि ६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबडी र एथ्लेटिक्स गरि तिन खेल समावेश गरिएको छ । एथ्लेटिक्सको ट्रयाक एण्ड फिल्डमा छात्र÷छात्रा छोटो तथा लामो दुरीको दौड, सटफुट, ज्याभलिन थ्रो, लङजम्प, ट्रिपल जम्प गरि १३ ईभेन्ट्स र भलिबल र कवडी खेलमा छात्र÷छात्रा तर्फ प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

१०० मिटर छात्रमा सनम र छात्रामा खिमालाई स्वर्ण

प्रतियोगिताको पहिलो दिन बुधबार एथ्लेटिक्स अन्तरगत छोटो दुरीको १०० मिटर दौड तथा सटफुट छात्र÷छात्राको खेल सम्पन्न भएको छ । १०० मिटर दौड छात्र तर्फ शिद्ध पृथ्वी मा.बि. श्रीगाँउका सनम चौधरीले स्वर्ण पदक हात पारे । उनले १२ दशमलव ४९ सेकेन्डमा स्वर्ण जित्दा मा.बि मधपुरका दामोदर खत्री १२ दशमलव ५० सकेन्डमा रजत पदकमा चित्तझाउन बाध्य भए भने लाइभ भिजन बोर्डिङ स्कुलका अमृत रेउले १५ दशमलव ०७ सेकेन्डमा कास्य पदक जित्न सफल भए । त्यस्तै छात्रा १०० मिटर तर्फ बिरेन्द्र मा.बि हेकुलीकी खिमा वि.क. १५ दशमलव २७ सेकेन्डमा स्वर्ण पदक जित्न सफल भइन् । त्यस्तै शिद्ध पृथ्वी मा.बि. श्रीगाँउका सीता वि.क.ले १५ दशमलव ५६ सेकेन्डमा रजत पदक हात पार्दा ज्ञानोदय मा.बि. सरुवाडाँडाकी यानु चौधरीले १५ दशमलव ४४ सेकेन्डमा कास्य पदक हात पारिन् ।

सटफुट छात्रमा प्रचण्ड र छात्रामा पेसलीलाई स्वर्ण

प्रतियोगिता अन्तरगत सटफुट छात्र तर्फ भानु मा.बि. परसडुवाका प्रचण्ड परियार ११ दशमलव ५३ मिटर थ्रो गर्दै स्वर्ण पदक हात पार्न सफल भए । ज्ञानोदय मा.बि. सरुवाडाँडाका सुदिप बि.क. ११ दशमलव २९ मिटर थ्रो गर्दै रजत पदक जित्दा मा.बि. मधपुरका दामोदर खत्री ११ दशमलव २६ मिटर थ्रो का साथ कास्य पदकमा चित्त बुझाउन बाध्य भए । त्यस्तै छात्रा तर्फ शिद्ध पृथ्वी मा.बि. श्रीगाँउकी पेसली वली ७ दशमलव २२ मिटर थ्रो गर्दै स्वर्ण पदक जित्न सफल भईन् । बिरेन्द्र मा.बि. हेकुलीकी कैलाशपती चौधरी ७ दशमलव १९ मिटर थ्रो का साथ रजत पदक जित्दा ज्ञानोदय मा.बि.की सर्मिला चौधरीले ६ दशमलव ५५ मिटर थ्रो गर्दै कास्य पदक जितिन् ।

भानु मा.बि. परसडुवा छात्र भलिबलको सेमिफाईनलमा

छात्र भलिबल अन्तरगत बुधबार सम्पन्न खेलमा भानु मा.बि. परसडुवा सेमिफाईलनमा प्रवेश गरेको छ ।

लाइभ भिजन स्कुललाई २५–१८ र २५–१८ को सोझो सेटमा पराजीत गर्दै भानु मा.बि. परसडुवा छात्र भलिबलको सेमिफाईलनमा प्रवेश गरेको हो । त्यस्तै बुधबार बाट कबडी छात्र÷छात्रा तर्फ पहिलो चरणका खेल सुरु भएका छन् ।

यसैविच प्रतियोगिता अन्तरगत बिहिबार विहान एथ्लेटिक्स तर्फका १५ मिटर र ४ गुणे ४०० मिटर दौड लगाएतका ईभेन्ट्स र छात्र÷छात्रा भलिबल, कबडी खेलमा कडा प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया