जखेरातालको भविष्य सुन्दर छ ः मन्त्री गिरी

शिवु खनाल

उद्योग पर्यटन तथा वातावरण मन्त्रालयका प्रदेश ५ का वन मन्त्री लिला गिरीले दाङ लमही स्थित रहेको जखेरातालको भविश्य सुन्दर रहेको बताउनु भएको छ । मंगलवार वन डिभिजन कार्यालय देउखुरीले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गिरीले दाङकै रमणीय स्थानमा रहेको जखेरातालको समग्र विकासमा सबैले ध्यान दिनु जरुरी रहेको औल्याउनुभयो ।

मन्त्री गिरीका अनुसार जखेरातालको समग्र विकास गरि आन्तरिक तथा बाह्राय पर्यटनहरु भित्रयाउने प्रदेश सरकारले निती बनाएको भन्दै, मुलरुपमा जखेरातालको लेभल माथि उठाउदा राम्रो हुने बताउनुभयो ।

यस्तै कार्यक्रममा प्रदेशसभा सदस्य ईन्द्रजीत थारुले जखेराताल लाई दाङकै नमुना तालको रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो । जखेरातालमा अन्तरिक तथा बाह्रय पर्यटक भित्रयाउन सबैको आवश्यक रहेको भन्दै जखेरातालको संरक्षणको निम्ती सबैको समन्वय र पूर्व पश्चिम राजमार्गमा हिड्ने आन्तरिक तथा बाह्रय पर्यटकहरुले एक पटक जखेराताल हेर्नै पर्ने सोचको विकासको वातावरण बनाउन आवश्यक रहेको प्रदेशसभा सदस्य ईन्द्रजित थारुले बताउनुभयो ।

कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले देउखुरीको जखेराताललाई नमुना पर्यटकीय क्षेत्र बनाउने भन्दै, जखेरातालको विकासको निम्ती वृहत योजनाहरु ल्याउने बताउनुभयो । मन्त्री गिरीलाई जखेरातालमा मास्टर प्लान अनुसार काम भैरहेको जानकारी गराउदै, नगर प्रमुख केसीले जखेरातालमा मास्टर प्लान अनुसार काम भए आन्तरिक तथा बाह्राय हजारौ पर्यटनहरु भित्रायउन सकिने बताउनुभयो ।

कार्यक्रममा उद्योग पर्यटन तथा वातावरण मन्त्रालयका प्रदेश ५ का वन मन्त्री लिला गिरीलाई जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यले आजिवन सदस्यको प्रमाणपत्र सहित दोसल्ला ओढाइ सम्मान गर्नु भएको हो । यस्तै कार्यक्रममा जखेरातालको समग्र विकासे योजना सम्बन्धी मन्त्री गिरीलाई जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका अध्यक्षले ज्ञापनपत्र हस्तान्त्रण गर्नु भएको हो ।

कार्यक्रममा उद्योग पर्यटन तथा वातावरण मन्त्रालयका प्रदेश ५, धननजय पौडेल, डिभिजन कार्यालय देउखुरीका प्रमुख शंकरप्रसाद गुप्ता, पत्रकार लगाएतले मन्तब्य राख्नु भएको थियो ।। कार्यक्रमको सहजिकरण जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका माहा सचिव लेलिन बञ्जाडेले गर्नु भएको थियो ।।

मन्त्री गिरीद्धारा धार्मिक स्थलको अवलोकन

यस्तै उद्योग पर्यटन तथा वातावरण मन्त्रालयका प्रदेश ५ का वन मन्त्री लिला गिरीले रिहार स्थित बगार बाबा धार्मिक स्थलको अवलोकन गर्नु भएको छ । प्रदेशसभा सदस्य ईनद्रजित थारु, लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, वढा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी, पत्रकार, स्थानियहरुको संयुक्त सहभागितामा मन्त्री गिरीले रिहार स्थित बगार बाबा धार्मिक स्थलमा भैरहेको निर्माणका गतिविधि बारे अध्ययन तथा अवलोकन गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया