गौशाला निर्माण पछि पशुचौपाया ब्यवस्थापन हुदैँ

दिप्तीशिखा चौधरी

दंगीशरण जेठ, २९ दंगीशरण गाउँपालिका वडा न. ६ स्थित गौशाला निर्माण भएपछि छाडा पशुचौपायाहरुको ब्यवस्थापन भएको छ । पछिल्लो समय गौशालामा दिनप्रतिदिन गाईहरु बढ्दै गएका छन् । अहिले सोहि गौशालामा ४ सय ९० गाईहरु छन् । गौशालाका अध्यक्ष मर्थरे चौधरीका अनुशार गौशालामा दैनीक १० वटा गाई आउँने गरेका छन् । दिनदिनै गाईहरु बढ्ने क्रम जारीरहेको भन्दै चौधरीले गौशालामा अव ५ वटा टहरा र पर्खालको आवश्यक रहेको भन्दै बर्खा सिजनमा टहरा नभएपछि समस्या हुने बताए ।

गौशालामा अहिले अधयक्ष चौधरी सहित ५ जना कामदार रहेका छन् । काम गर्न एकदमै गाह्रो भएकाले आफु लगाएत कामदारको उचित मारीश्रमिक बृद्धि गरिदिन अध्यक्ष चौधरीले वडा कार्यालयसंग माग गरे । यता वडाका अध्यक्ष टंक बहादुर वलीले खाना संगसगैं पहिले ५ हजार तलव दिदै आएको र अवका दिनमा बढाउँने निर्णय भएसगैँ चैत्र महिना बाट तलवमा बृद्धि भएको बताए । अध्यक्ष वलीले भने — “गाउँपालिका बाट पारिश्रमीक त दिन्छ, नै तर तपाईहरु गाईगोरुको मलमुत्र विक्री गरेर आएस्रोत बढाउँन तर्फ लाग्नुस् र आफैँले उपभोग गर्नुस् ।”

यता गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले गौशालाका कामदारका लागि गाउँपालिकाबाट ५ लाख रुपैँया छुट्याएको बताए । २०७५ चैत्र महिना देखि प्रती ब्यक्ति ८ हजारका दरले तलव खुवाउँने निर्णय भईसकेको बताए । दंगीशरण गाउँपालिकामा छाडा पशुचौपाया बढ्न थालेपछि दंगीशरण गाउँपालिकाले चिसापानी सामुदायीक वनमा गौशाला निर्माण गरि गत साल अशाढ देखि गाई राख्न शुरु गरिएको हो ।

गत बर्ष ५ लाख ७० हजारमा गौशाला निर्माण गरि छाडा पशुचौपायालाई ब्यवस्थापन गरिएको हो भने यो बर्ष गाउँपालिकाको १० लाखको लागतममा पशुचौपायालाई ब्यवस्थित गराईएको छ । गौशाला सामुदायीक वनको ४ बिघा क्षेत्रफलमा निर्माण गरीएको छ । गौशाला निर्माण भएपछि बालीनाली जोगीएको भन्दै स्थानीयहरु खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया