महायज्ञमा १३ लाख बढि दान संकलन


तुलसीपुर, २५ जेठ ।
नेपालकै नमुना शिवालय मन्दिर निर्माणका लागि तुलसीपुर ४ मजुवा ठुलाखालीमा जारी महायज्ञमा दैनिक दानदाताहरुको संख्या बढेको छ । महायज्ञमा शनिबारसम्म करीब १३ लाख १ हजार ७ सय २३ दान संकलन भएको महायज्ञका आर्थिक संयोजक चेतराज सिङ ठकुरीले जानकारी दिनुभयो ।

शनिबारदेखि शुरु भएको महायज्ञमा आज सबैभन्दा बढि तुलसीपुर ७ गण्ोपुर निवासी निवासी मकर कुमारी बस्नेतले १लाख ११ हजार १११ रुपैयां दान सहयोग गर्नुभएको छ । त्यसैगरी तुलसीपुर ४ मजुवा निवासी २५,५५५ सोही ठाउँ निवासी गणेश बहादुर वलीले २३,१०५ दान गर्नुभएको छ । धर्म संरक्षण एवं नेपालकै नमुना शिवालय मन्दिर निर्माणार्थ तथा मन्दिर स्तरोन्नतिका लागी आर्थिक संकलणार्थ महायज्ञको आयोजना गरीएको महायज्ञ मुल आयोजक समितिका संयोजक सुदिप खड्काले बताउनुभयो ।

महायज्ञ जेठ २६ गते आइतबारसम्म संचालन हुने महायज्ञ मुल आयोजक समितिले जनाएको छ । महायज्ञबाट करिब एक करोड संकलन गर्ने लक्ष्य रहेको छ । महायज्ञको कथावाचकमा नेपालकै ख्यातीप्राप्त पण्डित रामचन्द्र तिमिल्सीना रहनुभएको छ ।

महायज्ञमा दैनिक भजनकीर्तन, झाँकी तथा नाटक प्रस्तुत गरीनुका साथै विभिन्न धार्मीक कार्यहरु चौरासी पुजा, लाखबती, विवाह, व्रतबन्ध, व्रत सांगिता, भूमिदान, तुलादान, गौदान लगाएतका कार्यहरु भइरहेका छन् ।

तपाईको प्रतिक्रिया