महायज्ञमा १०२ वर्षिया जयकला वलीले पनि गरिन दान


तुलसीपुर, २५ जेठ ।
तुलसीपुर उपमहानगरपालिका—४ मजुवा ठुलाखालीमा जारी महायज्ञमा शनिबार शान्तिनगर गाँउपालिका पंचकुलेकी १ सय २ वर्षिय जयकली पुनले नगद रकम दान गरेकी छन् । उनले स्वर्गिय श्रीमान दुर्गाबहादुर वलीको संम्झनामा नगद एकहजार पचास नगद दान गरको महायज्ञ मुल आयोजक समितिले जनाएको छ । 

महायज्ञमा शनिबारमात्रै ३ लाख ५१ हजार ५ सय ६१ दान संकलन भएको महायज्ञ मूल आयोजक समितिका संयोजक सुदिप खड्काले जानकारी दिए । उनका अनुसार शनिबार समाजसेवी आमा समुहले २१ हजार २ सय, रुकुमकी सावित्रा खड्काले १५ हजार २५ , तुलसीपुर उपमहानगरपालिका–४ की नारायणी पुनले ११ हजार १११ सहयोग गरेका छन् ।

महायज्ञमा शनिबारसम्म १८ लाख ५ हजार ७ सय ६२ नगद संकलन भएको संयोजक खड्काले जानकारी दिए । नेपालकै नमुना शिबालय निर्माणको सहयोगार्थ महायज्ञको आइतबार समापन गरिन लागेको खड्काले बताए ।।

तपाईको प्रतिक्रिया