बन्दले जनजीवन प्रभावित


तुलसीपुर,१३ जेठ ।
नेत्रविक्रम चन्द विप्लव समूहले आह्रवान गरेको नेपाल बन्दले दाङसहीत देशभरको जनजिवन प्रभावित भएको छ । प्रहरीले तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिएको भन्दै विप्लवले घटनाको भत्सना पनि गरेका छन् ।
नेपाल वन्दका कारण आज विहानैदेखी दाङ लगाएत यसका आसपासको क्षेत्रमा वन्दको प्रभाव परेको छ । वन्दका कारण यातायातका साधन, शैक्षिक संस्था, कलकारखाना, उद्योग र बजार संचालनमा आउन सकेका छैनन् ।

बन्दका कारण जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङ, नारायणपुलगायतका क्षेत्रमा रहेका बजारहरु विहानैदेखि बन्द रहेका छन । जिल्लामा कुनै रुटमा सवारीसाधानहरु चल्न नसकेको प्रहरीले जनाएको छ । सामान्य रुपमा मोटरसाइकल, अटोलगायतका सवारी साधनहरु चलेका छन । बन्दको समयमा हुन सक्ने सम्भावित खतरालाई रोक्न प्रहरीले उच्च सतकर्ता अपनाएको दाङका एसपि बेलबहादुर पाण्डेले बताउनुभयो ।।

तपाईको प्रतिक्रिया