घर—घरमा योग,जीवनभरी सुख

तुलसीपुर, ११ जेठ ।

दाङको तुलसीपुरमा आजदेखि बृहत योग विज्ञान शिबिर शुरु भएको छ । योगका माध्यमबाट नगरका नागरिकलाई स्वस्थ बनाउन बृहत योग विज्ञान शिबिर संचालन गरिएको हो ।

पाँच दिनसम्म संचालन हुने योग शिबिरको उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस नहकुल सुवेदीले उद्घाटन गर्नुभएको छ । शिबिरको उद्घाटन गर्दै मुख्य न्यायधिस सुवेदीले योगले सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने बताउनुभयो ।

योगले शारिरीक तथा मानसिक समस्या समाधान मात्र नभई व्यक्ति—व्यक्तिको सम्बन्धलाई पनि जोड्ने बताउनुभयो । उहाँले स्वस्थ समाज निर्माणका लागि योगलाई गाँउ—गाँउ फैलानुको विकल्प भएको नभएको बताउनुभयो ।

बस्ती बाक्लिदै गएपनि मनहरु पात्लीदै गएको भन्दै अब योगले सबै मनहरुलाई पनि जोड्ने बताउनुभयो । कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिमा योगसीटी स्थापना गरी स्वस्थ नागरिक उत्पादन गरिने बताउनुभयो । नगरका नागरिक स्वस्थ भएमात्रै समृद्ध नगरको परिकल्पना पुराहुने बताउँदै नगर प्रमुख पाण्डेले समृद्ध नगर स्थापनामा योगले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

उहाँले स्वस्थ जीवनशैली नै जीवनमा सुख प्राप्त गर्न सकिने भन्दै घर—घरमा योग फैलाउनुपर्नेमा जोड दिनुभयो । आजदेखि शुरु भएको योग शिबिर १५ गते सम्म संचालन हुने छ । शिविर व्यवस्थापन मुलआयोजक समितिका संयोजक टोपबहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको शिबिर उद्घाटन कार्यक्रमको सहजीकरण पतन्जली योग समिति प्रदेश नम्बर पाँचका प्रशिक्षण विभाग प्रमुख दिपक बस्यालले गर्नुभएको थियो ।

योगको प्रमुख प्रशिक्षकमा केन्द्रीय योग प्रभारी लबदेव मिश्र रहनुभएको छ । तुलसीपुर उपमहागरनगरपालिकाको आयोजना तथा पतन्जली योग समिति तुलसीपुरको समन्वयमा बृहत योग विज्ञान शिबिर भएको हो ।।

तपाईको प्रतिक्रिया