गढवाले नदीजन्य उत्खननको कडा अनुगमन गर्ने

गढवा , जेठ| गढवा गाउँपालिकाले नदी जन्यवस्तुको उत्खनन् र व्यवस्थापनमा कडा अनुगमन गर्ने भएको छ । विहिवार सम्पन्न गाउँकार्यपालिकाको बैठकले राप्ती गाउँपालिका र सितगंगा नगरपालीका अर्घाखाँचीले लगाएको ठेक्काबाट सम्बन्धित ठेकेदारहरुले गढवा गाउँपालिकाको क्षेत्रभित्र जथाभावी ढंगले नदीजन्य वस्तु उत्खनन् र चोरी निकासी गर्ने गरेको पाइएको भन्दै सो को रोकथाम गर्न तथा कडा नियमन गर्न वडा कार्यालयलाई जिम्मा दिने निर्णय गरेको प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिए ।


यसैगरी रङसिङ खोला, बनघुस्री घाट,महदेवा–कोठरी घाट र खैराघाट लगायतका स्थानहरुमा गाउँपालिकाका बिकास योजनाहरु सम्पन्न गर्नका लागि राजश्व लिएर वडा कार्यालयलाई जिम्मा दिने भएको छ ।


गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको बैठकले नेपाल सरकारका राष्ट्रिय गौरबका आयोजनाहरु सम्पन्न गर्न नदीजन्य वस्तुको अभावका कारण प्रभावित भएकोले जिल्ला समन्वय समितिको सिफारिस बमोजिम कक्रहवा तथा जमुनिवास क्षेत्रको ढंगा नियमानुसार मागगर्न आएका निर्माण कम्पनिहरुलाई उपलब्ध गराउने निर्णय गरेको बताइएको छ ।

न्यूनतम वातावरण प्रभाव मुल्यांकन भएका क्षेत्रबाट नियमानुसार उपलब्ध गराउने र गाउँपालिका भित्रका बिकास निर्माण तथा तटबन्धन कार्यलाई तदारुकता दिने योजना रहेको प्रवक्ता अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया