कुम्भ करणको टिम दाङमा

दाङ, जेठ ३ | नेपाली कथानक चलचित्र कुम्भ करण यही जेठ १७ गते देश भर रिलीज हुने भएको छ । निर्माण कर्ताले घोराहीमा पत्रकार सम्मेलनको आयोजना यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा निर्माता आकाश घर्तिले चलचित्र देश भर एकै पटक रिलीज गर्ने लागिएको जनाकारी दिए ।

हास्य तथा सस्पेन्स रहेको चल्चित्र कुम्भ करणको यतिबेला प्रचार प्रसार ब्यापक रुपले नेपालभरी भईरहेको छ | चल्चित्रको प्रोमोटका लागि नेपाल टुरको थालनी गरेको कुम्भ करणका टिमले घोराहीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिए | करीब २ घण्टा अवधी रहेको चल्चित्र एउटा सन्देश मुलक बनेको निर्माता आकाश पलले बताउनु भयो | साथै चल्चित्र एक्दमै राम्रो बनेको दावी गर्दै दर्शकहरुको भरपुर साथ पाउने विश्वसत रहेको बताए |

उनले चलचित्रमा सामाजिक यर्थाथ विषय तथा सन्देश मुलक रहेको बताए । चलचित्रमा ग्रामिण शैलीमा निर्माण गरिएको बताए । चलचित्र हेरी दिएर सुझाव दिन समेत उनले आग्रह गरे । घर्तिले चलचित्र केही समय अघि नै रिलिज गरिने भनिए पनि प्राविधिक कारण केही ढिला भएको उनको भनाइ रहेको छ ।

चलचित्रमा गौरव पहाडी, भोला सापकोटा, आकाश घर्ति, कमल गाऊले लगाएतका कलाकारहरुको प्रमुख भुमिका रहेको बताइएको छ । चलचित्रको निर्मातामा रोम वली र आकाश घर्ति रहेका छन् । पत्रकार सम्मेलन निर्माटा घर्तिको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको थियो । पत्रकार सम्मेलनको सहजिकरण कमल गाँऊले गरेका थिए ।

तपाईको प्रतिक्रिया