६ सय विपन्न परिवारलाई टीनको छानो


घोराही, १ जेठ । तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित आवास कार्यक्रम अन्तरगत झण्डै ६ सय घर जस्तापाता वितरण गरेको छ ।
उपमहानगर भित्र रहेका खरको छानो हटाउने नगरको उद्देश्य अनुरुपम गत आर्थिक बर्षमा ५७० घर धुरीलाई जस्ता पाता वितरण गरेको उपमहानगरले जनाएको छ ।


कार्यालयले तयार पारको मापदण्ड अनुरुप नगरका १९ वटै वडामा खरको छानो भएका अतिविपन्न घरपरिवारलाई छनोट गरी उनीहरुलाई जस्ता पाता वितरण गरिएको हो । कार्यालयले दिएको जानकारी अनुसार गत बर्ष १ करोड ११ लाख १७ हजार बरावरको १ हजार ६ सय ७ बण्डल जस्तापाता वितरण गरिएको हो ।


जसमा वडा नम्वर १मा २१, वडा नम्वर दुइमा २३, वडा नम्वर ३ मा ३६, वडा नम्वर ४मा ३०, वडा नम्वर ५मा ५, वडा नम्वर ६मा ४, वडा नम्वर ७ मा २८, वडा नम्वर ८ मा २४, वडा नम्वर ९मा १०, वडा नम्वर १०मा २२, वडा नम्वर ११मा ३१, वडा नम्वर१२मा २४, वडा नम्वर १३मा ३०, वडा नम्वर १४मा २५, वडा नम्वर १५मा ३१, वडा नम्वर १७मा २६, वडा नम्वर १मा ३१ र वडा नम्वर १९मा ४१ घर धुरीलाई जस्तापाता वितरण गरिएको उपमहानगरले जनाएको छ ।


वितरण गरिएको ५७० घर धुरी मध्य १०३घरधुरीले जस्तापाता पाए पनि अझै घरमा जस्ता पाता लगाउन सकेका छैनन । उनीहरुलाई घरमा छिट्टै टिनको छानो लगाउन उपमहानगरले आग्रह गरेको नगरका प्रवक्ता सुर्यबहादुर डाँगीले जानकारी दिनुभयो ।

यस्तै उपमहानगरले टिनको छानो नभएका केही घरधुरीलाई आगामी आर्थिक बर्षमा पनि टिनको छानो वितरण गर्ने कार्यक्रम अगाडी सारेको छ । जसमा १२ लाख रुपैया बरावरको जस्तापाता वितरण गर्न लागिएको छ । प्रवक्ता डाँगीका अनुसार यस बर्ष विशेषगरी शहिद परिवार, घाईते, अपांग र जेष्ठ नागरिक भएका का घरधुरीलाई जस्तापाता वितरण गरिने छ । भने आयश्रोत भएका परिवारलाई २० प्रतिशत अनुदानमा जस्ता वितरण गरिने छ ।

तपाईको प्रतिक्रिया