फेन्सी बजारमा २० वर्ष

विरु रावल

प्रोप्राईटर, राहुल फेन्सी स्टोर घोराही दाङ

नवीन अभिलाषी

दाङ,जेठ १ । घोराही बजार त्यति ठुलो थिएन । सानो बजार, थोरै मानिस थोरै गाडीघोडा र सानो व्यापार थियो । तर अहिले बजार हिजोको जस्तो रहेन । बढ्दो शहरीकरण, मानिसहरुको घनाबस्ती र चहलपहल र बजारको भोलुम पनि बढ्दो मात्रामा छ अहिले ।

ब्राण्डेड फेन्सी आईटमका लागि धेरैले याद गर्ने पसल हो राहुल फेन्सी । घोराही बजारको सहिद मार्गमा रहेको राहुल फेन्सी २० वर्षदेखि निरन्तर ग्राहकहरुको प्रिय छ । एउटा सानो लगानीबाट सुरु गरिएको सानो ब्यापार अहिले करोड बढिको भएको छ । त्यसो त घोराही बजारमा हजारौँ पसलहरु छन्, जस्का आफ्ना छुट्टाछुट्टै विशेषताहरु पनि छन् । त्यहि भिडमा राहुल फेन्सी एक पृथक ब्राण्डको रुपमा स्थापित छ ।

विरु रावलले १५÷१६ वर्षकै उमेरबाट ब्यापारमा हात हाल्नु भयो । जानेर नजानेर उहाँले जीवनमा र दैनिकीमा ब्यापार प्रबेश ग¥यो । घोराही उपमहानगरपालिका १५ आनन्दपुर टोल निबासी विरु रावल भन्दा अगाडि उहाँको दाजु ध्रुव रावलले ब्यापार सुरु गर्नुभएको थियो । तयो ब्यापार विस्तारै विरुको हातमा आईपुग्यो र अहिले तिरन्तर २० वर्षमा चल्दैछ । ‘लामो समय ब्यापार हुदैँमा राम्रो हुन्छ भन्ने हुँदैन, ग्राहकहरुको मन जितेको हुनुपर्छ ।’ रावलले बताउनुभयो ।

बुवा गंगाबहादुर रावल र आमा गीतादेवी रावलको कोखबाट माइलो सन्तानको रुपमा जन्मिनु भएका विरु रावलले फेन्सी बजारमा २० वर्ष विताउनु भएको छ । ‘सुरुवातमा सानो लगानी थियो, १०÷१२ लाखबाट सुरु भएको हो, यो पसुल पहिले दाजुले चलाउनु भएको थियो, पछि दाजुले मलाई नै सबै जिम्मेवारी दिनुभयो ।’ रावलले भन्नुभयो, ‘दाजुकै आर्थिक सहयोग, साथ र हौसलाका कारण अहिले पनि ब्यापार चलिरहेको छ ।’ अहिले रावल फेन्सीमा एक रोड पचास लाख भन्दा बढिको लगानी छ ।

घोराहीकै सरस्वती मावि काठेकोहोलबाट अध्ययन सुरु गर्नुभएका रावलले सानै उमेरमा ब्यापारमा सम्लग्न भएका कारण अध्ययनलाई त्यति माथि सम्म पु¥याउन सक्नु भएन । पद्योदय पब्लीक नमुना माध्यमिक विद्यालयबाट ईन्टर मिडियट गरेर अध्ययनलाई औपचारिक रुपमै स्थगित गरेर ब्यापारमा छिर्नु भएको थियो । ‘कुनै केहि क्षेत्रमा राम्रो गरौँ भन्ने पनि खासै थिएन, दाईले चलाउनु भएको पसललाई अगाडी बढाउने योजना बन्यो ।’ रावलले भन्नुभयो, ‘अहिले राम्रो भैरहेको छ, ग्राहकहरुको मन जित्न सफल भएको जस्तो लाग्छ ।’

विरु रावल सानै देखि खेलकुदका गतिविधिहरुमा सक्रिय हुनुहुन्छ । विभिन्न खेलहरुमा भाग लिने काम पनि गर्नुभयो । अहिले फेन्सी स्टोर सञ्चालन गर्दै गर्दा उहाँले ब्याडमिन्टन खेलका लागि केहि नयाँ काम पनि गर्नुभएको छ । पछिल्लो समय ब्याडमिन्टन खेलमा रुची राख्नु भएका रावलले दाङमै पहिलो पटक ब्याडमिन्टनका सामग्रीहरु निर्माण गर्न सुरु गर्नुभएको छ ।

दाङमा आठ वर्षदेखि ब्याडमिन्टनको ब्याट बुन्ने काम जिल्लामै भैरहेको छ । दुई वटा मेसिनहरु राखेर ब्याट बुन्ने, ग्रिपहरु बनाउने काम भैरहेको रावलले बताउनुभयो । बाहिरबाट किनेको ब्याट र ग्रिप भन्दा जिल्लामै निर्माण गरेको बलियो र टिकाउ हुने उहाँलेको भनाई छ । ‘पहिले यस्तो थिएन, रेडिमेट किन्ने र त्यो विग्रियो भने फाल्ने नै हुन्थ्यो, तर अब त्यस्तो छैन ।

’ रावलले भन्नुभयो, ‘ब्याडमिन्टनका सम्पुर्ण सामग्रीहरु यहि मर्मत गर्न सकिन्छ, र त्यो रेडिमेट किनेको भन्दा बलियो र टिकाउ हुन्छ ।’

तपाईको प्रतिक्रिया