नेकपा जिल्ला कमटी सदस्यले लिए सामुहिक सपथ


रीता लामा
घोराही, १ जेठ । नेपाल कम्युनिष्ठ पाटीको एकिकरण पछि गठन भएको जिल्ला कमिटले आज सामुहिक रुपमा सफ लिएका छन । एक जना अध्यक्ष र सचिव सहित १५५ जनाले आज एक कार्यक्रमको आयोजना गरि सामुहिक रुपमा सफथ लिएका हुन ।


जिल्ला कमिटीमा छनोट भएका सबैले नेकपा प्रदेश ५का इन्चार्ज एवम मुख्य मन्त्री शङ्कर पोखरेललले सपथ ग्रहरण गराएका थिए । सपथ ग्रहण कार्यक्रममा प्रदेश इन्चार्ज पोखरेलले कार्यकर्ताहरुलाई सामुहिक भावनाका साथ समुहमा काम गर्न र समाज रुपान्तरणमा लाग्न आग्रह गरे । जति सुकै पुर्वाधार विकास, जतिसुकै राजनीतिक परिवर्तनको काम गरे पनि समाज रुपान्तरण नै आफुहरुको प्रमुख एजेण्डा भएको हुदाँ कार्यकर्तालाई सोहि अनुरुप लाग्न आग्रह गरे ।


‘अव हामीहरुको मुख्य काम शान्तीपुर्ण तरिकाले समाजवाद निर्माण गर्नु हो ।’ उनले भने ‘राजनीतिक भन्दा पनि समाज परिवर्तनमा ठुलो र महत्वुर्ण हो ।’ कम्युनिष्ठहरुको आन्दोलन पनि समाज कै लागि भएको हुदाँ कार्यकर्ताहरुलाई समाज परिवर्तनको लक्ष्य लिएर अगाडी बढ्न आग्रह गरे ।


उनले कम्युनिष्ठ पार्टी र त्यसले नेतृत्व गरिरहेको सरकार एवम कार्यकर्ताहरुको बास्तविक यात्रा आरम्भ भएको भन्दै पहिले राजनीतिक परिवर्तनको लागि उर्जा खर्च गरेकाहरुले अव समाज रुपान्तणको लागि उर्जा खर्च गर्नुपर्ने समय आएको बताए ।
एकिकरण पछि पाटी कार्यकर्तामा ल्याउनुपर्ने थप उर्जा, जोस, जाँगर पार्टीको नेतृत्व पंतिबाटै आफुहरुले दिन नसकेकोमा दुःख व्यक्त गर्दै नेता पोखरेलले अव कार्यकर्ताहरु नै एक भएर काम गर्नुपर्ने बताए । उनले नेतृत्वले नै मनोवैज्ञानिक रुपमा, भावनात्मक रुपमा एक गराउन नसकेको स्वीकार गरे ।


‘अव तपाईहरु सामुहिक काम गर्नुस, वैचारिक विमर्शमा बढीभन्दा बढी सहभागि हुनुस र पुरानो चिनारी विर्सनुस ।’ उनले अगाडी थप्दै भने ‘पुर्व एमाले र पुर्व माओवादी भन्ने सोच अन्त्य गर्नुस एक अर्कालाई नयाँ शिराबाट चिन्ने कोशिस गर्नुस ।’ उनले पुरानो कुरा भन्दा पनि आगामी योजना र लक्ष्यप्रति सर्मपित भएर अगाडी बढ्न आग्रह गरे ।

सपथ ग्रहरण कार्यक्रममा नेकपा प्रदेश ५का सदस्य सचिव जंगप्रशाद शर्मा अपार, नेकपा केन्द्रिय सदस्य शान्ता चौधरी, जीवन शर्मा, निर्मल आचार्य, नेकपाको तर्फबाट सांसद भएका प्रतिनीधिसभा सदस्य हिराचन्द्र केसी, भागवत विश्वासी, प्रदेश ५का सांसद अमरबहादुर डाँगी, धमकली चौधरी, इन्द्रजित थारु लगायतको सहभागिता रहको थियो ।

तपाईको प्रतिक्रिया