दंगीशरणका सात वटै वडाको लगत संकलनको काम सकियो


दिप्तीशीखा चौधरी,
दंगीशरण जेठ,१ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दंगीशरण गाउँपालिकाको बेरोजगारहरुको लगत संकलनको काम सकिएको छ । जसमा दंगीशरणको सात वटै वडाबाट जम्मा ३ हजार ८ सय ६२ जनाले वेरोजगार फाराम भरेका छन् । स्थानीय तह मार्फत वेरोजगारहरुको लगत संकलन गर्ने उद्धेश्यले दंगीशरणको ७ वटा वडाबाट आवेदन संकलन गरिएको थियो ।

दंगीशरण गाउँपालिकाको वडा न. १ बाट ३ सय ८ जना, वडा न. २ बाट ३ सय ६५ जना, वडा न. ३ बाट ६ सय ३०, वडा न. ४ बाट ५ सय २५ जना, वडा न. ५ बाट ६ सय ३२, वडा न. ६ बाट ९ सय ४० जना, र वडा न. ७ बाट ४ सय ६२ जना गरि जम्मा ३ हजार ८ सय ६२ जनाले फाराम भरेका दंगीशरण गाउँपालिकाका रोजगार संयोजक सन्तोष गिरिले जानकारी दिनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतको बेराजगार सुचि दर्ता गर्नका लागि दोस्रो पटक थपिएको म्याद मंगलबार सकिएको छ । दंगीशरण गाउँपालिकाका रोजगार संयोजक गिरीका अनुसार २०७६ बैशाख अन्तीम दिनसम्म वेरोजगारको आवेदन संकलनको कार्य गरिएको थियो ।

 

फाराम भर्नका लागि नागरिकताको प्रतिलिपी, तालीम तथा कार्य अनुभवको प्रतिलिपी आवेदनमा बुझाएर बेरोजगार फाराम भर्न सकिने ब्यवस्था थियो । काम र रोजगारलाई प्राथमिकता दिदैँ सरकारले बेराजगारलाई स्वरोजगार बनाउन यो कार्यक्रम शुरु गरेको हो ।

तपाईको प्रतिक्रिया