१३ औं दक्षिण एसियाली खेलकुदको सागको लोगो र मस्कट सार्वजनिक


तुलसीपुर, ३१ बैशाख । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । नेपालले आयोजना गर्ने साग खेलकुद सन् २०१९ को डिसेम्बर १ देखि १० सम्म हुनेछ । युवा तथा खेलकुद मन्त्रि जगत बहादुर बिश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिसद राखेपका सदस्यसचिब केशब कुमार बिष्टले लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।

लोगो र मस्कट खुल्ला छनोट प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गर्नुभएको हो । लोगोमा शान्तिको प्रतिक परेवाको आकृतिमा लोगो डिजाइन गरिएको छ ।

जसले सार्क राष्ट्रबीच आपसी एकता,भाईचारा र स्वतन्त्र रुपमा उच्च लक्ष्यको प्राप्तिको चाहनालाई दर्शाउने छ । लोगो डिजाइन गरेवापत पौडेलले १ लाख नगद पुरस्कार समेत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया