घोराहीमा पद्यावती बजार


घोराही, वैशाख ३० । दाङको घोराहीमा साना साना बजारमा सञ्चालन हुने क्रम बढेको छ । त्यसैक्रममा घोराहीको न्यु रोडमा पद्मावती बजार सञ्चालनमा आएको छ । सोमवार घोराहीमा एक कार्यक्रमका विच सो बजारको उद्घाटन गरीएको छ ।

बजारको प्रतिष्ठित व्यवसायी तथा उद्योगपति खड्गबहादुर बढाथोकीले उद्घाटन गर्नुभएको हो । पद्मावति बजारका ब्यवस्थापक तथा इलेक्ट्रिक वल्र्डका सञ्चालक सुरेश जिसिको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व उपाध्यक्ष तथा पद्मावति बजारका प्रमुख सञ्चालक खड्ग बुढाथोकी र विशिष्ट अतिथीद्वय दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनले रिवन काटेर संयुक्तरुपमा बजारको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा वोल्दै उहाहरुले ग्राहकहरुको मागलाई मध्यनजर गर्दै सबै सामान एकै ठाउमा ग्राहकहरुले सस्तो तथा सुपथ मुल्यमा दिने गरी पसल सञ्चालनमा ल्याएको धन्यवाद दिएका छन् । सो अवसरमा जिसिले सञ्चालनमा ल्याएको इलेक्ट्रिक वल्र्डको पनि उद्घाटन गरीएको थियो । २७ वटा सटर रहेको उक्त बजार ७० लाखको लगानिमा सञ्चालनमा आएको छ ।

तपाईको प्रतिक्रिया