‘कबड्डी’को तेस्रो सृंखलामा दयाहाङ, उपासना र कर्मा

कास्टिङका कारण चर्चामा रहेको सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’को आधिकारिक घोषणा गरिएको छ । अब रामबाबु गुरुङले निर्देशन गर्ने सिनेमाको लागि सबै अफवाहको अन्त्य भएको छ । सोमबार राजधानीमा प्रेसमिट आयोजना गरि सुपरहिट सिरिजको तेस्रो सृंखला घोषणा गरियो ।

सिनेमाको मुख्य कलाकारमा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल फाइनल भएका छन् । भने, प्रदीप खड्का लाइनअपमा छैनन् ।

स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहने सिनेमामा कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको पनि अभिनय रहनेछ ।

बासुरी फिल्मसको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहने सिनेमासँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार सिनेमाका निर्माता हुन् ।

जेठ ५ देखि छायाँकनमा जाने सिनेमामा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादनर रोहित शाक्यको पार्श्वसंगीत रहनेछ । सिनेमाको एक्टिङ कोचमा अनुप बराल छन् । भने, समरा जोशी र बिनु शाहीले मेकअपको पाटो सम्हाल्नेछन ।सिनेमाको कला निर्देशकमा सुरेश कार्की/मधुसुदन कार्की, मुख्य सहायक निर्देशकमा सिजन दाहाल/कृष लामा, सहायक निर्देशकमा सुलभ पहारी/याम भण्डारी/किरण लिम्बु र प्रोडक्सन व्यवस्थापकमा शंकर पाण्डे/विष्णु प्रसाद मैनाली छन् ।

तपाईको प्रतिक्रिया