खाल्डोको पानी पिँउन बाध्य


बिजय रोका
घोराही, ३० बैसाख । गर्मी मौसम बढेसंगै तराई तथा पहाडी भेगमा खानेपानीको निकै समस्या हुने गरेको छ । पछिल्लो समयमा पानीका स्रोत वरिपरि जंगल फडानी गरि सुख्खा बनाएको हुनाले खानेपानीमा समस्या देखा परेको हो । त्यस्तै घोराही उपमहानगरपालिका ११ मा पर्ने बासगजेरीको बिजय उत्सव टोलका १८ घरधुरिमा खानेपानीको समस्या देखियो छ ।

टोलका १८ घरधुरीले पानी नभएपछी एउटा सानो खाल्डोमा जम्मा भएको पानी पिउन बाध्य छन् । उनीहरूले बिगत ४ साल देखि सो पानी पिउदै आएका छन । घोराही उपमहानगरपालिका ११ का वडाअध्यक्ष कुल बहादुर लामिछाने कै गाउँटोल भएता पनि खानेपानीको सम्स्यामा कुनै सुधार ल्याउन नसकेको स्थानीयहरुको गुनासो रहेको छ । मङ्सिर र पुसको महिना सम्म जरुवाको पानी बग्ने हुदा सफा रहने र यो खडेरी महिना फाल्गुन चैत देखि पानी सुक्दै जाने हुदा पानी नबग्ने र भर्दा भर्दै सुक्ने हुदा जस्तोसुकै फोहोर भए पनि त्यही जम्मा भएको फोहोर पानी पिउन बाध्य भएको उनीहरुको भनाई रहेको थियो ।

५ बर्ष पहिले गाउँ देखि केही उत्तर पहाडमा पर्ने खुम्कोट खोला को पानीको लागि पाइप बिस्तार गरि खानेपानी धारा सन्चालन गर्दा केही बर्ष सिङ्गो गाउँ बासी मा खुसी भएतापनी सो पानी त्यही पाइप भित्र जम्ने , रुघा लाग्ने समस्या साथै खाने पानी ब्यबस्थापन समितिको लापरबाहीको कारण पानी नै सुकेको स्थानीयले बताए ।

आर्थिक बर्ष २०७४र७५ मा खानेपानी सङ्गै सिचाइ पनि गर्ने उद्देश्यले बोरिङ खन्ने योजनाका लागि नगरपालिकाबाट १० लाख रुपैयाँ छुट्ट्याइयो पनि अपुग हुने भन्दै गाउमाप्रती घर रु पाच सयका दरले पैसा उठाएको थियो । र, बोरिङका लागि ७०,७५ मिटर खन्दा पनि पानी नभेटिएका कारण त्यो कार्य पनि असफल हुदा अहिले सिङ्गो बासगजेरी बासीमा खाने लपानीको प्रमुख समस्या बन्न पुगेको समेत उनीहरू बताए ।

पहिले खोलामा प्रसस्त पानी हुने बासगजेरीमा सोनापुर सिमेन्ट प्राली दुधरासले बोरिङ पानी संचालान गर्न थाले पछि यहाँ को खोलाका पानीका मुहान हरु सुक्न थालेका छन यस्तै गरि पानी को मुहान सुक्दै जादा भोलिको दिनमा गाउँ नै छोडी अन्यत्रै बसाइँसराइ गरि जानू पर्ने बध्यता आईपर्ने र यस्तो कठिनपुर्ण समस्यामा स्थानीय निकायले कुनैपनि चासो नदिएकोप्रती उनीहरूले गुनासो व्यक्त गरे ।

तपाईको प्रतिक्रिया