स्थापना दिवसका अबसरमा रक्तदान र बक्तृत्वकला प्रतियोगिता

घोराही, २९ वैशाख | दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले १३ औँ स्थापना दिवसका अबसरमा आईतबार रक्तदान कार्यक्रम गरेको छ । रेडियोका सेयर सदस्य सहित विभिन्न क्षेत्रका २३ जनाले रक्तदान गरेका छन् ।

रेडियो सञ्चालक समितिका सचिब सुदर्शन रिजाल, सदस्य शरद अधिकारी, एकनारायण पौडेल, रेडियो मध्यपश्चिमकर्मीहरु प्रेमबहादुर राम्जा, कमल ओली, रुपकराज भण्डारी, शिव घर्तीले रक्तदान गर्नुभएको छ । त्यसैगरी पत्रकारहरु सुदिप गौतम, कुलदिप न्यौपाने, नविन अभिलाषी, छवि पुरी, डा. लोकराज पराजुलीले पनि रक्तदान गर्नुभएको छ । रक्तदान गर्ने विद्यार्थीहरु जानका खड्का, शिशिर बस्नेत, सुन्दरम वली, अनिता घर्ती, सवित्री कुसारी, खिमा भण्डारी, पूर्णिमा राना, सुनिल श्रेष्ठ, धर्मराज पुन, अभिषेक घिमिरे र व्यवसायी बाबु राना रहनुभएको छ ।

रेडियोको प्रांगणमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी द्धारा सञ्चालित रक्त सञ्चार केन्द्रका इन्चार्ज दिलिप न्यौपाने सहितको प्राविधीक टोलीले रगत संकलन गरेको हो ।

रेडियो सञ्चालक समितिका अध्यक्ष सुशिल गौतमले रक्तदान गर्ने सबैलाई धन्याबाद दिदै आगामी जेठ १ गते आयोजना गरिएको स्थापना दिवस कार्यक्रममा सम्मान पत्र प्रदान गरिने जानकारी दिनुभएको छ ।

यसैविच रेडियोले आईतबार नै क्याम्पस स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । रेडियोले ‘समाज रुपान्तरणमा सामुदायिक रेडियोको भुमिका’ विषयक क्याम्पस स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । रेडियो सञ्चालक समितिका अध्यक्ष शुसिल गौतमको अध्यक्षता र संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा १० वटा क्याम्पसका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा राप्ती ईन्जिनियरीङ कलेजका सुरेशकुमार लुवार प्रथम, अम्बिकेश्वरी क्याम्पसका दिपक भण्डारी दोस्रो र भिक्टोरीय इन्टरनेशनल कलेजका सविना बस्नेत तृतिय हुनुभएको छ । प्रतियोगिताको निर्णायकमा रेडियोका उपाध्यक्ष मधुसुदन बैद्य, कोषाध्यक्ष शारदा शर्मा र साहित्यकार भुवन देवकोटा रहनुभएको थियो ।

प्रतियोगितामा विद्यार्थीहरुले समाजलाई सुशुचित र विकासको मार्गमा अघि बढाउन सामुदायिक रेडियोको भुमिका महत्वपूर्ण रहेकोमा जोड दिएका थिए ।

शहर देखी गाउँ सम्मका नागरिकहरुको पहुँचमा सामुदायिक रेडियो रहेको भन्दै सूचना प्रबाह र खबरदारीमा शसक्त भूमिका खेल्दै आएकोमा जोड दिएका हुन् । रेडियोले १३ औँ स्थापना दिवसका अबसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा जेठ १ गते बिषेश कार्यक्रम गर्दै छ ।

तपाईको प्रतिक्रिया