बलात्कारी पक्षबाट धाकधम्की आएको पीडितको गुनासो

 

घोराही, २९ वैशाख । केही समय पहिले घोराहीका व्यापारी ऋषिराम आचार्यले राप्ती गाउँपालिकाकी ११ बर्षिया बालिकालाई बालिकालाई पटकपटक बलात्कार गरेको खुलेको थियो ।


बालिकाको आफन्तीले प्रहरीमा उजुरी दिए पछि यो रहस्य खुलेको हो । आफ्नो घरमा सामान्य घरायसी काम गराउने र पढाइदिने भन्दै व्यापारी आचार्यले बालिकालाई घोराही ल्याएका थिए । तर उनले विगत दुइ बर्ष देखि ती बालिकालाई पटकपटक बलात्कार गर्ने गरेको पीडित परिवारले बताएका छन । उनीहरुले प्रहरीमा दोषिलाई कारवाहीको माग गर्दै निवेदन पनि दिएका छन ।


स्थानिय महिला, अगुवाहरुको सहयोगमा बालिकाको आफन्तीले लाई फेरी काममा पठाउन खोज्दा रुने, कराउने गरे पछि परिवारले बास्तविकता जान्न खोज्दा बालिकाले आफु पटकपटक बलात्कारमा परेको बताएकी थिइन । र आफन्तले प्रहरीमा निवेदन दिएसँगै बलात्कार आरोपीका आफन्तले बालिकाको परिवारलाई पटक पटक धम्क्याउने, फोन गरेर तर्साउने गरेको स्थानियले बताएका छन ।
बालिकाको आफन्ती सहित स्थानिय अगुवाहरुले आइतवार घोराहीमा पत्रकार सम्मेलको आयोजना गरि निकै धाक धर्मी आएको भन्दै पीडितको परिवार असुरक्षित बनेको बताएका थिए ।

पत्रकार सम्मेलनमा पीडितका दाजु नाता पर्ने सन्जय राउतले आफुहरुलाई पटकपटक फोन गरेर, घर मै पुगेर तर्साउने गरेको बताए । ‘तिमीहरुले पैसाको लागि आरोप लगाएका हौ । कति चाहिन्छ पैसा दिन्छौ भनिरहेका छन ।’

यस्तै राप्ती गाउँपालिका निगरानी समुहकी मेनुका शर्मा र हेमा पुरीले समेत आफुहरुलाई कहिले घोराही तर कहिले तुलसीपुरबाट भन्दै पटक पटक फोन गरेर सताउने गरेको उनीहरुले बताएका हुन । विशेषगरी घोराहीका बेन्जु केसी र पीडक ऋषिराम आचार्यका ससुराले बढी सताएको हुदाँ पीडित पक्षलाई सुरक्षा दिनुपर्ने उनीहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया