दाङका सुनचाँदी व्यवसायी आन्दोलित, कारोवार बन्द

घोराही, २९ वैशाख । सानोतिनो निहुँमा सुनचाँदी व्यवसायीहरुलाई पक्राउ गरि दुःख दिएको भन्दै यहाँका सुनचाँदी व्यवसायीहरु आन्दोतिल भएका छन् । सुनका गरगहना बनाउने कालिगंडबाट सानो मात्रामा सुन किनेका घोराहीका तीन व्यवसायीलाई तुरुन्त रिहाइको माग गर्दै उनीहरु आन्दोलित भएका हुन् ।

प्रहरीले गत वैशाख ९ गते राधिका सुनचाँदी पसलका ७४ बर्षिया डम्वरलाल विश्वकर्मा, भैरव सुनचाँदी पसलका पुनलाल गहतराज र न्युपाल्पाली सुनचाँदी पसलका ३१ बर्षिया गोमानसिंह सुनारलाई विना विल सुन किनेको भन्दै पक्राउ गरेको थियो ।


व्यवसायीहरुले जनाएको अनुसार विगत ५ बर्ष देखि घोराहीमा काँलिगढको काम गर्दै आएका कमल थापाले राधिका सुनचाँदी पसलमा १०लाल, भैरवमा २०लाल र न्युपाल्पाली सुनचाँदी पसलमा १८ लाल सुन वेचेका थिए । सुनचाँदी पसलमा पुगेर सुन वेच्ने कमल थापा सुन चोरी गरेर कालिँगंढलाई बेच्न लगाउने घोराही ट्राफिक चोक बस्ने सद्दाम हुसेन सहित व्यवसायीलाई पनि थुनामा राखेर अनावश्यक मानसिक एवम शारिरिक यातना दिएको व्यवसायीहरुको भनाई छ ।

आफ्ना व्यवसायी साथीहरुलाई दुःख दिएको भन्दै घोराहीका सुनचाँदी व्यवसायी आइतवारबाट व्यवसाय नै बन्द गरेर आन्दोलित भएका छन । उनीहरुले हिजो घोराहीमा विरोध ¥याली नै निकालेर पक्राउ परेकाहरुलाई छिटो भन्दा छिटो छोड्नको लागि आग्रह गरेका थिए ।
विरोध ¥याली पछिको कोणसभालाई सम्वोधन गर्दै सुनचाँदी व्यवसायी दाङका अध्यक्ष विनोदकुमार शर्माले पक्राउ गरिएका तीनै जना व्यवसायीलाई विनासर्त रिहा गर्नुपर्ने माग गरे ।

घोराहीकी हिमा रावतले सुन चोरी भएको मुद्दा प्रहरीमा दिए पछि सुन चोर्ने सद्दाम हुसेन र सुन किन्ने शाक्य गहना पसलका बाबु छोरा हेमराज शाक्य र सुभाष शाक्यलाई सामान्य सोधपुछ पछि छोडेको थियो । छोडे लगत्तै उनीहरु फरार भएका थिए ।


व्यवसायीहरुले जनाएको अनुसार विगत ५ बर्ष देखि घोराहीमा काँलिगढको काम गर्दै आएका कमल थापाले राधिका सुनचाँदी पसलमा १०लाल, भैरवमा २०लाल र न्युपाल्पाली सुनचाँदी पसलमा १८ लाल सुन वेचेका थिए ।

प्रहरीले गत वैशाख ९ गते राधिका सुनचाँदी पसलका ७४ बर्षिया डम्वरलाल विश्वकर्मा, भैरव सुनचाँदी पसलका पुनलाल गहतराज र न्युपाल्पाली सुनचाँदी पसलका ३१ बर्षिया गोमानसिंह सुनारलाई विना विल सुन किनेको भन्दै पक्राउ गरेको थियो । र त्यो सुन चोरी काण्ड अहिले अदालत पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका दाङका प्रमुख वेलबहादुर पाण्डेले सुन चोरीको घटना अदालत पुगिसकेको हुदाँ बजारमा आन्दोलन गर्दैमा समस्या समाधान नहुने बताए । उनले व्यवसायीलाई अदालतमा गएर आफ्नो सफाई दिन आग्रह गरे ।

तपाईको प्रतिक्रिया