प्रेमप्रकाशले मेलिनालाई हल्ला नगर भनेपछि…..


राजन के.सी./
तुलसीपुर, १४ बैशाख ।
गायक प्रेमप्रकास वलीले मेलीना राईलाई हल्ला नगर भनेपछि हंगामा मच्चिएको छ । तर यो वास्तविक नभएर गितमा मात्र हो । ओखर काचो छ को अपार सफलतापछि गायक प्रेमप्रकाश वलीले र गायिका मेलिना राईको सुमधुर स्वरमा सजिएको हल्ला नगर बोलको लोक आधुनिक पप शैलीको गित सार्बजनिक गरिएको छ ।

बिशेष गरेर दर्जनौ आधुनिक गितसंगीतमा आफुलाई स्थापित गरिसकेका वलि दाङ्ग तुलसीपुर निबासी हुन यस गितको रचना डा.बी.पी. भुसालले गरेका हुन् भने गितमा बी.बी. अनुरागीको संगीत रहेको छ ।

उक्त गितको भिडियो चाहि osr Degital Youtube Chanel मार्फत सार्बजनिक गरिएको छ ।

सार्बजनिक गितको म्युजीक भिडियोमा दिपेन्द्र शाही ठकुरी र करिश्मा ढकालको अभिनय रहेको छ । गितलाई निर्देशन तथा कोरिग्राफी दिपेन्द्र शाही ठकुरीले नै गरेका हुन गीतको छायाँकन अजय रेग्मी र सम्पादन सुरेश राउतले गरेका हुन् ।

तपाईको प्रतिक्रिया