श्रीलंकामा मारिनेको संख्या ३१० पुग्यो

कोलम्बो । श्रीलंकामा गएको आइतबार भएको बम बिस्फोटमा मारिनेको संख्या ३१० पुगेको छ ।  श्रीलंकाको प्रहरीले मंगलबार उक्त जानकारी गराएको हो । घाइतेको संख्या लगभग ५०० भएको बताइएको छ ।सो घटनामा संलग्न भएको आरोपमा २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने जनाइएको छ ।

अहिलेसम्म प्रहरीले कोलम्बो र देशका विभिन्न क्षेत्रबाट घटनामा संलग्न भएको आशंकामा २४ जनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ । अहिलेसम्म आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन ।

आइतबार इस्टरको मौका थियो, त्यहि दिन पारेर आक्रमणकारीले चर्च तथा सुविधा सम्पन्न होटलहरुमा आक्रमण गरेका हुन् । १० वर्षअघि गृहयुद्ध अन्त्य भएको श्रीलंकामा त्यसयता भएको यो सबैभन्दा गम्भीर र भयानक आक्रमण हो ।

घटनामा ज्यान गुमाउने अधिकांश श्रीलंकाका नागरिक छन् । यस्तै झण्डै ३० जना विदेशी रहेको पनि सरकारी अधिकारीले बताएका छन् ।

(बीबीसी)

तपाईको प्रतिक्रिया