इतिहासदेखि बर्तमानसम्मको झल्को दिने.. थारु संग्रालय

तुलसीपुर, ३० चैत | वरपर रातो र सेतोले रंगले सजाइएका रुख, बिचतिर केहि साना केहि ठुला घर, अलिपर खोला , दृश्य निकै मनमोहक । आराम गर्नका लागि बनाईएका साना घर अनि ठुला घर ।

ति घरमा धानकुट्न प्रयोग गरिने ढिकी, जाँतो, रंगिविरंगी ढकिया, चटकी , झुण्ड्याइएका मकै दृश्य देख्दा जो कोहिले पनि सम्झन्छ थारु समुदायको इतिहासदेखि बर्तमान परिवेश कस्तो रहेछ ? हेर्न र सम्झन लायक थुप्रै दृश्य छन् । बाहिरपट्टि रमिरहन मन लाग्ने दृश्य, त्यति मात्र होईन , घोङगी, माछा लगायतका चिजहरु खान पाईने त्यो पनि चटकीमा बसेर ।

नाम थारु संग्रालय एवं बुलबुल पाहुना घर

रमाउदै खान र बस्न छैन कुनैपनि डर

एकचोटी सबैलाई पुग्न मन लाग्छ बुलबुल घर

गएपछि जाँउ जाँउ लाग्छ फेरी पक्कै पनि रहर

थारु समुदायमा लोपहुने अवस्थामा पुगेका सामाग्रीको संरक्षण, थारु समुदायमा खाइने परिकारको स्वाद चखाउने र पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने उद्देश्येले दंगिशरण गाँउपालिका—३ चखौरामा थारु संग्रालय एवं थारु पाहुना बुलबुले घर संचालनमा छ । करिब २ वर्षअघि देखि संचालनमा आएको संग्रालय ५ बिगाह क्षेत्रफल जग्गामा फैलिएको छ ।

संग्रालयमा थारु समुदायको रहनसहन, परम्परा, कला—संस्कृती झल्कने अर्थात इतिहासदेखि बर्तमानसम्मको झल्को दिने सामाग्रि राखिएको छ भने थारु समुदायमा आधारित करिब पाँच हुजार भन्दा बढी सामाग्री रहेका छन् । प्रविधिको विकास संगै पुराना पुस्ताका सामाग्रीहरु हराउन थालेपछि पछिल्लो समय त्यसको संरक्षणमा विभिन्न प्रयास गरिएको संग्रालयका व्यवस्थापक नरेन्द्र चौधरीले बताए ।

थारु समुदायमा आधारित कला, सँस्कृती, रहनसहन, लगाईने भेषभुषा देखि दैनिक जीबनमा प्रयोग हुने विभिन्न सामाग्री देख्न पाउनुहुन्छ अनि थारु समुदायमा खाईने विभिन्न खानाका परिकारहरु पनि रहेको छन् –उनले भने, दाङ सहित पश्चिम नेपालमा बसोवास गर्ने थारु समुदाय मात्र नभई अन्य समुदायले पनि प्रयोग गर्ने सामाग्रीहरु पनि राखिएको छ ।

प्रविधिको विकाससंगै पुराना पुस्ताका सामाग्रीहरु लोपहुुने अवस्थामा पुगेका छन् । थारुसंग्रालय पर्यटन भित्रिने गन्तव्यमात्र नभई इतिहासको साक्षि समेत बनेको छ । लोपहुुँदै गएका थारु समुदायले प्रयोग गर्ने विभिन्न सामाग्री र खाने परम्परागत खानाहरु छन्—संग्रालयका एक कर्मचारी आशुराम चौधरीले भने मैले थारु समुदायमा खाने विभिन्न प्रकारका खानाहरु बनाउँछु, तपाई जो पनि आएर एकचोटी खानाको स्वाद लिन सक्नुहुन्छ भने बिगतदेखि बर्तमान सम्मका विभिन्न प्रकारका सामाग्रीहरु पनि संरक्षण गरिएको छ ।

प्रचार—प्रसारको कमि हुन नसक्दा अझै पनि मानिसहरुको उपस्थिती बढ्न सकेको छैन् ,ईतिहास बुझ्न एकचोटी संग्रालयमा आउने पर्छ, संग्रालयमा आईसकेपछि नयाँ युवा पिढीँलाई पनि थारुहरुले यसरी गर्दै आईरहेको थियो भन्ने झल्को दिने छ—उनले भने । संग्रालयमा कसरी आउने भन्ने प्रश्नमा चौधरीले तुलसीपुरबाट बागर चौकीबाट दक्षिण लागेपछि संग्रालयमा आउन सकिने बताए । संग्रालयमा सवारी साधन प्रयोग गरेमा १५ मिनेटमै पुग्न सकिन्छ ।

संग्रालयमा अवलोकन तथा थारु समुदायमा खाने परिकारको स्वाद जानेको संख्या पछिल्लो समय केहि बढेपनि सोचेजस्तो बढ्न नसकेको व्यवस्थापक चौधरीले बताए । प्रचार—प्रचार छैन, तपाईहरु जसरी आउनुभयो, त्यसरी नै प्रचार हुने गरेको छ, पछिल्लो समय बिस्तारै प्रचार हुँदै गएको छ—उनले भने, निकै महत्व बोकेको संग्रालयमा पुर्खाको इतिहास बुझ्न आउनुपर्छ , फेरी अवलोकन मात्र होइन, खाना पनि पाईने हुनाले थारु समुदायको खानाको स्वाद पनि लिन सकिन्छ ।

संग्रालयमा राख्ने सामाग्री विभिन्न खोज तथा अनुसन्धानले प्राप्त गरेको उनको भनाई छ । थारु संग्रालय भएपनि अन्य समुदायले प्रयोग गर्र्ने सामाग्री पनि राखिएको छ भने जसले गर्दा पुराना सामाग्रीको संरक्षणमा ठुलो सहयोग पुगेको छ ।

तपाईको प्रतिक्रिया