राप्तीमा परीक्षा केन्द्राध्यक्ष लाई अभिभमुखीकरण

दाङ, ८ चैत । राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले गाउँकार्यपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि आधारभुत तह परीक्षा संञ्चालनका लागि परिक्षा केन्द्राध्यक्षहरुलाई अभिभमुखीकरण गरेको छ ।
यहि चैत्र १० गते देखी संञ्चालन हुन लागेको आधारभुत तहको परीक्षा सञ्चालनका लागि परिक्षालाई अनुशासीत मर्या्दित बनाउन तथा परिक्षालाई राम्रो संग संञ्चालनको लागि अभिभमुखीकरण गरिएको हो ।
आधारभुत तह परिक्षा संञ्चालन तथा ब्यवस्थापन समितीका अध्यक्ष राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माको विशिष्ट आथित्यतामा सम्पन्न छलफलमा ४ कक्षा देखी १० कक्षा सम्म यहि चैत्र १० गतेदेखी सुरु भैरहेको राप्ती गाउँपालिका स्तरिय आधारभुत तह परिक्षा संञ्चालनका लागि नयाँ रणनिति तयार गरिएको छ ।
राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयका आधारभुत विद्यालयहरुमा निशुल्क शिक्षा लागु गरेको अवस्थामा राप्ती गाउँपालिकामा ८ कक्षा संञ्चालन रहेका २२ सामुदायिक विद्यालयमा चैत्र १० देखी सुरु हुने परीक्षामा १ हजार ४६ जना विद्यार्थी रहेका छन् भने ८ वटा परिक्षा केन्द्र रहेको राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा संयोजक राजेन्द्र घिमीरेले जानकारी दिनुभएको छ ।
समितिले नेपाल राष्ट्रिय मावि भालुवाङ, आदर्श नमुना माध्यामकि विद्यालय लालमटिया, श्री माध्यामीक विद्यालय मौरीघाट, श्री शंकर माध्यामीक विद्यालय पीपरि, श्र सर्बेादय माध्यामीक विद्यालय सिसहनिया, श्री ज्ञानोदय माध्यामीक विद्यालय पत्थरगढवा, श्री जनता आधारभुत विद्यालय करङगेकोट, र आधारभुत विद्यालय रुपमाकोटमा परीक्षा केन्द्र तोकीएको आधारभुत तह परीक्षा संञ्चालन तथा ब्यवस्थापन समितिका सदस्य सचिव फनेन्द्र राज देवकोटाले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया