महिला दिवशमा निलकमल समाजद्धारा सभा आयोजना

पार्वती बस्नेत
निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड र समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा शुक्रवार लमही नगरपालिका वार्ड नंम्बर १ सुनडबरीमा १०९औ अन्र्तराष्ट्रिय महिला दिवश मनाइएको छ ।
कार्यक्रमलाई प्रदेशसभा सासंद सरस्वती गौतम सम्वोधन गरेकी थिइन । कार्यक्रमको सम्वोधन गर्दै सांसद गौतमले सामाजिक परिवेश जस्ता यावत कुराहरुले महिलाहरुलाई अझैपनि पछाडी पारिएको बताउदै पहुँचमा पुग्न महिलाहरुले हजारौ माईलको यात्रा पार गर्न आवश्यक रहेको बताईन् ।
उनले महिलाहरु आर्थिक रुपमा बलियो हुनका लागी सानै भएपनि आफनो व्यावसायको शुरुवात गरेर उद्यमी बन्न आवश्यक रहेको बताईन् । हुने र नहुने महिलाहरुका बिचमा पनि साझेदारी र सहकार्यका साथ काम गर्नु आजको आवश्यकक्ता रहेको उनको धारणा थियो ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि लमही नगरप्रमुख कुलबहादुर के.सी.ले महिला सक्षमताका लागी शिक्षाको अहम भुमिका रहको बताउदै शिक्षा ग्रहणका लागि अभिभावकहरुले बिभेद गर्न नहुने बताए ।
उनले अधिकांश युवा तथा महिलाहरुले जागिरलाई मात्र रोजगार नसोची सीप तथा पेसा व्यावसायलाई पनि रोजगारको मुख्य बिषय मानेर काम गर्नु आजको आवश्यत्ता रहेको बताए ।
निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लि.का अध्यक्ष गौरी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका सल्लाहाकार दुर्गादेवि अधिकारी शिक्षिका बसन्ता घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कुर्सी दौड र तातो आलु खेल प्रतियोगिता खेलाईएको थियो । कुर्सी दौडमा शारदा थापा पहिलो, जमुना रिजालले दोश्रो र साबित्रा चौधरीले तेस्रो स्थान हासिल गरेका थिए । यसैगरी तातो आलु खेलमा सम्झना चौधरीले पहिलो, शान्ता परियार दोश्रो र टिका शर्माले तेस्रो स्थान हासिल गरेका थिए ।


प्रथम, द्धितिय र तृतिय स्थान हासिल गरेकाहरुलाई ५००, ४०० र ३०० नगद राशि प्रदान गरिएको थियो ।
समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था लि. का अध्यक्ष अन्जु चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बिमला के.सी.र बिष्णु बसेलले महिला सम्बन्धि तयार पारिएको गीत प्रस्तुत गरेका थिए । । कार्यक्रमको सहजीकरण सहकारी क्षमता अभिबृद्धि सहजकर्ता पार्वती बस्नेतले गरेकी थिइन ।

तपाईको प्रतिक्रिया