ताजा अपडेट

स्वास्थ्य क्षेत्रमा गढवा गाउँपालिकाको उदाहरणीय कार्य

          |   220 Views   |   Published Date : 14th September 2018 |

गढवा, भदौ । गढवा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा केहि उदाहरणीय कार्य सुरु गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेलले जानकारी दिनुभएको छ ।


गाउँपालिकाले नेपाल सरकारले प्रदान गर्दै आएको सुत्केरी स्याहार भत्तालाई ९ सयबाट ३१ सय थपगरि ४ हजार पुराएको छ भने यसबर्ष देउखुरी उपत्यकामा २४२ सर्पदंशका विरामी रहेको र ७ जनाको अकालमै सर्पको टोकाइबाट मृत्यु भएको कुरालाई गंभिर ध्यानाकर्षण गर्दै सर्पदंशमा उपचारका लागी लाग्ने एम्बुुलेन्स खर्च वापत बढीमा चारहजार रुपियाँ प्रदान गर्दै आएको छ ।


यसैगरी गढवा स्वास्थ्य चौकीमा यसबर्ष देखि एम.बि.बि.एस. डाक्टरको सेवा प्रवाहगर्न गाउँपालिकाले आवश्यक रकम समेत बिनियोजन गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभएको छ । यसबर्षदेखि गढवाको चिमचिमेमा गाउँपालिकाको बजेटबाट स्वस्थ्य इकाई संचालन गरि कर्मचारी र औषधीको समेत ब्यवस्था गरिएको छ भने गढवा स्वास्थ्य चौकीलाई यसबर्ष देखि किशोर किसोरी मैत्री स्वास्थ्य चौकीको रुपमा घोषणा समेत गरिएको स्वास्थ्य शाखाले जनाएको छ । यसैगरी क्यान्सर, ट्युमर, सिकलसेल एलिमीया, मृगौला, मुटु जस्ता महारोग लागेको खण्डमा १० हजार सम्मको उपचार खर्च प्रदान गर्दै आएको स्वास्थ्य शाखाका उपसंयोजक कैलाश चौधरीले बताउनु भयो ।

यस्ता बिरामीहरुलाई उपचार खर्चमा नगद तथा सहयोगका लागि सम्बन्धित निकायलाई सिफारीस समेत गरिने गरेको बताइएको छ । गढवा गाउँपालिकामा रहेका कोइलाबास, गोबरडीहा, गढवा र गंगापरस्पुर गरि चारवटै स्वास्थ्य चौकीमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाईने भएको गाउँपालिकाले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१