ताजा अपडेट

दाङमा पशु र कृषि ज्ञान केन्द्र

          |   76 Views   |   Published Date : 14th September 2018 |

रीता लामा घोराही,  भदौ । प्रदेश नम्वर ५को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशु तथा मत्स्य विकास निर्देशनालयले घोराहीमा कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रको स्थापना गरेको छ । दुवै केन्द्रको प्रदेशसभा सदस्य रेवती रमण शर्मा, अमर डागी र धमकली चौधरीले संयुक्त रुपमा उत्घाटन गर्नुभएको हो ।


देशमा संघियता लागु भएसँगै सबै विषयगत कार्यालयहरु स्थानिय तहमा हस्तान्तरण भए पछि जिल्लामा खाली रहेका विषयगत कार्यालयलाई उपयोग गर्न प्रदेश सरकारले यसप्रकारको नयाँ कार्याक्रम ल्याएको सभासदहरुको बताएका थिए ।
घोराहीमा रहेको साविक जिल्ला कृषि विकास कार्यालयलाई कृषि ज्ञान केन्द्रको रुपमा स्थापना गरिएको छ भने पशुसेवा कार्यालयलार्य पशु सेवा विज्ञ केन्द्र स्थापना गरिएको छ ।


प्रदेश सरकारका कृषि तथा भुमि व्यवस्थापन शाखाका प्रमुख प्रदिप शर्माले कृषि ज्ञान केन्द्रमा विभिन्न कृषि उपजको परिक्षण, कृषि सम्बन्धि माथिल्लो स्तरको तालिम, जैविक विविधताको पहिचान, संरक्षण र उपयोग, कृषि अनुसन्धान स्थल, उन्नत विउविजनको स्रोत केन्द्र, कृषकहरुलाई प्राविधिक सेवा लगायतको सेवा दिइने जानकारी दिए । त्यस्तै पशु सेवा केन्द्रमा पशु सम्बन्धी सम्पुर्ण अध्ययन अनुसन्धान एवम पशु सम्बन्धि चित्सकिय सेवा दिने उनले जानकारी गराए । प्रदेश सरकारको तर्फबाट सबै प्रकारको प्राविधिक र आर्थिक सहयोग गर्ने बताए ।

कार्यक्रममा केन्द्रको उत्घाटन पश्चात आफनो धारणाा राख्दै प्रदेश सभा सदस्य अमरबहादुर डागीले पछिल्लो समय प्रविधिको हस्तान्तरण र उपयोगले कृषकहरु आफनो पेसाप्रति हौसिएको बताए । उनले कृषकहरुलाई जति सक्यो आधुनिक बनाउन सके देश र समाजको उन्नती त्यसैमा रहेको जानकारी समेत गराए । यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रेवती रमण शर्माले कृषकहरु अहिलेसम्म परम्परागत खेति किसानी गर्दै आएको हुदाँ आम्दानी र सन्तुष्टी पाउनु नसकेको बताए । सोही कारण कृषकको आम्दानीको बृद्धिको लागि कृषि पेसालाई आधुनिककरण गर्न जरुरी रहेको बताए ।

यस्तै कार्यक्रममा प्रदेशसभा सदस्य धनकली चौधरीले कृषिमा भित्रिएको सेवालाई गाउँगाउँसम्म पुरयाउन आवश्यक रहेको बताइन । सबै कृषिकहरुको शहर बजारसम्म आउने अवस्था नभएको हुदा कृषकलाई गाउँगाउँमा पुगेरै यसबारे प्रचारप्रसार गर्नुपर्ने बताइन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले आफुहरुले कृषकले महसुस गर्ने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले अव कुनै पनि क्षेत्रको विकासमा पाइला चाल्ने मात्र होइन दौडनु पर्ने समय आएको बताए । घोराही उपमहानगरपालिकाकी उपमेयर सीता सिग्देल न्यौपानेले बजारमा उपभोक्ताहरुले विषादी युक्त तरकारीजन्य खानेकुरा खान बाध्य भएको हुदाँ कृषि ज्ञान केन्द्रले त्यस्ता कृषि उत्पादनलाई विषादी जाँच गरेर मात्रै बजारमा पठाउने व्यवस्था गर्नुपर्ने बताइन ।

कार्यक्रममा नेकपाका नेकपाका नेता टीकाराम खड्काले कृषि र पशु विकासमा दक्ष जनशक्तिको आवश्यकता रहको हुदाँ जनशक्ति उत्पादनमा पनि केन्द्रले ध्यान दिनुपर्ने बताए । कार्यक्रमको सहजिकरण जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत दिपक शर्माले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१