ताजा अपडेट

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

          |   81 Views   |   Published Date : 13th September 2018 |

भदौ २८ | नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले अनुशासन समिति र कार्य सम्पादन समिति गठनलाई टुंग्याउने बताइएको छ।

अनुशासन समितिमा संस्थापन पक्षका भिष्मराज आङदेम्बे संयोजक बन्ने सम्भावना छ। २२ सदस्यीय बन्ने कार्य सम्पादन समितिमा तीनै समूहका शीर्ष नेताहररू सम्मिलित समिति बन्नेछ।

प्रदेश र संसदीय निर्वाचन अघि सभापति शेर बहादुर देउवाले गठन गरेको कार्य सम्पादन समिति विधान विपरित भएको भन्दै गत वैशाखमा विघटन गरिएको थियो। यस अघि २१ गतेको लागि डाकिएको बैठक सारिएको थियो। बैठक दिउँसो १ बजे देखि सुरु हुनेछ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१