ताजा अपडेट

फेरिदै तीजको सेरोफेरो, देखासिकी बढ्दै

          |   244 Views   |   Published Date : 12th September 2018 |

पार्वती बस्नेत घोराही, भदौ  । हिन्दु धर्मालम्बी दिदि–बहिनिहरुको लागी छुट्टै महत्व बोकेको तिजपर्व,बर्षमा एकदिन आउने पर्व,त्यहि पर्वको दिन आज परेको छ ।


हिजो नै माईति पुगीसक्नुभएका दिदि बहिनीहरुले हिजै दर खाएर पनि आज ब्रत बस्ने सम्पुर्ण तयारी पुरा गर्दै हुनुहुन्छ होला,ब्रत कत्तिका लागी सहज होला कत्तिका लागी कठिन तरपनि कत्ति रहरले त, कत्ति बस्नैपर्छ भन्ने मान्यताले बस्दै हुनुहुन्छ होला । तर तिज पर्वलाई श्रीमान् सँग जोडिएको कथा पनि छ,म यो कथा तिर जान लागेन,तर यो पर्वको आफनो छुट्टै महिमा छ,कथा छ,आफनै मर्म पनि छ तर यहि मर्म कथालाई समय सँगै परिमार्जित पनि गर्दै जान थालिएको अवस्था आजभोलि देख्न भने सकिन्छ ।


यो फरक अवस्था मैले मात्र होईन् तपाईहरु सबैले पनि नियालीरहनु भएकै होला,जानेर नजानेर यस्ता तिज बिशेष पार्टीहरुमा सहभागी पक्कै पनि हुनुभएकै होला,किन मैले यस्तो भने भन्ने लाग्ला तपाईहरुलाई,बिगतका दिनमा तिजपर्ब कृष्णाजन्माष्टमी पछि आउने गर्दथ्यो तर आजभोलि महिना दिन अघिदेखी नै बिभिन्न पार्टी प्यालेस लगायतका स्थानहरुमा तिज बिशेष पार्टी हुन थालेका छन् । बिगतका दिनमा दरका रुपमा दुधका मिठा मिठा परिकारहरु,विभिन्न तरकारीहरु हुने गर्दथे तर आजभोलिको तिज पार्टीमा मासु,पुलाउ लगायत अवस्था हेरेर रक्सी सम्म पनि समावेश हुन थालेका छन् ।

अब हामीले यस्लाई के भन्ने समय सँगै आएको रुपान्तरण ? पर–संस्कृतिकरण वा अरु केहि नै भन्ने ? हुन् त हरेक पक्षका सकारात्मक अनि नकारात्मक दुबै पाटाहरु हुने गर्दछन् । तिज पर्ब आफैमा महत्व बोकेको पर्ब हो,अब हामीले यस्लाई कसरी हेर्दैछौ भन्ने हरेकको हेर्नै दृष्टिकोणमा नै भर पर्छ । तरपनि साच्चिकै हामीले गर्न थालेका गतिबिधिले कालान्तरमा कस्तो प्रभाव पार्छ त्यसको बारेमा सोच्ने पनि दायित्व,तपाई हाम्रै काँधमा छ कि,बर्षको एकपटक आउने तिजपर्व आजभोलि महिना दिन–अघि बाट नै मनाईरहदा पुँजी चलायमान हुन्छ भन्नेहरुको पनि एक जमात नभएको होईन् तरपनि यसरी मनाईने पर्वले साच्चिकै पर्बको महत्व र बिशेषता माथि नै कुठाराघात त भएको छैन् ? यस बिषयमा सोच्ने र बुझने उत्तरदायित्व कस्को ? म सानो हुदा महिना दिन अघि बाट यो पर्व मनाईदैन् थियो तर आजभोलि महिना दिन अघि बाटै मनाईन थालिएको छ,आवश्यक्ता भन्दा बढी गरगहना प्रदर्शन हुन थालेको छ ।

यसरी परिमार्जित हुदै जान थालेको तिज–पर्बलाई हामीले बर्षोपछि आउने आफना सन्ततीहरुका लागी तिजपर्बको बारेमा दिइने सन्देश के हो त? तिजको दर भनेपछि महिना दिन अघि बाट नै दर खानुपर्छ,गरगहना प्रदर्शन गर्नैपर्छ वा दरका रुपमा मासुको परिकार हुनैपर्छ । यस्तो खालको सन्देशले यस्को महिमा घट्छ वा बढ्छ तपाईहरु आफै मुल्यांकन गर्नुहोस् ।

बर्षमा एकदिन आउने तिज पर्बले चेलिबेटी,दिदिबहिनीलाई एकजुट बनाएर राखेको पाईन्छ,महिला अधिकारका सवालमा खुलेरै आवाज उठाउने अबसरका रुपमा समेत यो पर्बलाई लिने गरेको पाईन्छ । मौलिक भाका,मादल,बासँुरी लगायतको तालमेलमा नाँच्ने दिदिबहिनीहरुलाई आजभोलि डि.जे.ले तान्न थालेको छ त्यत्तिमात्र होइन् तिजका गित भन्दा अन्य गितमा बढी कम्मर मर्काउने बनाउन थालको छ । होला यो समय सँगै र प्रबिधि सँगै आएको परिबर्तन तर कत्ति परिबर्तनले सहजता सँगै आफनो संस्कृतिलाई पनि धरापमा पार्दै छ भन्ने कुरा हेक्का राख्ने उत्तरदायित्त कस्को हो ?

धर्म संस्कृति संरक्षणका नाममा पानि पनि नखाएर ब्रत बस्नैपर्छ भन्न खोजिएको होईन् तपाई हामी पढेलेखेका समाज प्रति जिम्मेवारी ब्यक्तिहरु वाट समेत समय सँगै आएको परिबर्तनका नाममा राम्रो के ? नराम्रो के त ? आँखा चिम्मै गरेर बिश्वास गर्ने त? हो यो असल र खराब छुट्टाउने उत्तरदायित्व कस्को हो ?
अन्तमा हाँसेरै तिज पर्ब मनाउ,ऋण गरेरै गरगहना किन्न तिर नलागौ,जे छ आफुसँग त्यहि कुरामा सन्तुष्ट हुन सिकौ,सकारात्मक सोचका साथ तिज पर्बलाई बिदाई गर्न सकौ,तिज पर्बकै नाममा कसैको उठिबास नबनोस् सम्पुर्ण हिन्दुधर्मालम्बी दिदिबहिनीहरुमा तिजपर्बको शुभकामना छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१