ताजा अपडेट

दृष्टिविहिनहरुलाई फलफुल वितरण

          |   78 Views   |   Published Date : 12th September 2018 |

तुलसीपुर, भदौ २७ । तुलसीपुर उपमहानगरपालिका ७ शिवनगर निवासी स्वर्गीय शारदा आचार्यको स्मृतिमा उनका घरपरिवारले फलफुल वितरण गरेका छन् । गुरुजजुर मावि रक्षाचौरमा रहेका दृष्टिविहिनहरुलाई उनीहरुले फलफुल वितरण गरेका हुन् ।

‘समाजका हरेक मान्छेलाई सहयोग गर्नुपर्दछ भन्ने उहाँको भावनालाई सम्मान गर्दै फलफुल वितरण गरेका हौ’ मृतक आचार्यकी छोरी कमला ढुँगेलले वताईन् ।
कार्यक्रममा वोल्दै दृष्टिविहिनहरुले आफुहरुलाई सम्झिएर फलफुल वितरण गरेकोमा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा मृतक आचार्यकी छोरी कमला ढुँगेल, नातिनी वुहारी सुरक्षा रेग्मी, शिवनगर टोल विकास संस्थाका अध्यक्ष इश्वरी प्रसाद गैरे, विद्यालयका शिक्षक विष्णुप्रसाद न्यौपानले लगायतको सहभागिता रहेको थियो । लामो समयदेखि क्यान्सरबाट पिडित आचार्यले भदौ २१ गते मृत्यु भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१