ताजा अपडेट

तरुण नेता पुनलाई सहिद घोषणा गर्न माग

          |   154 Views   |   Published Date : 12th September 2018 |

रोल्पा, २७ भदौ । रोल्पाको सुलिचौरमा आईतबार बेलुका गोली हानी हत्या गरिएका नेपाल तरुण दल रोल्पा नगर सभापति रोहित पुनलाई शहिद घोषणा गर्न माग गरिएको छ । नेपाली कांग्रेस रोल्पाले सोमबार सदरमुकाम लिबाङमा आयोजना गरेको विरोध प्रदर्शनमा सो माग राखेको हो ।


तरुण नेता पुनलाई सत्ताधारी दलकै कार्यकर्ताले हत्या गरेको औल्याउँदै उनीहरूलाई कानूनी दायरामा नल्याउँदा सम्म र मृतकलाई सहिद घोषणा नगरे सम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । कम्युनिष्ट अधिनायकवादको पहिलो शिकार तरुण दल भएको नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले आरोप लगाए ।फकाई फकाइ रेष्टुरेन्टमा लगि गोली हानेर मारिनु चानचुने योजना होईन पुनले भने । अपराधीहरूलाई पानी मुनी गए पनि नछोडिने सभापति पुनको भनाई छ । नागरिकमा स्वतन्त्रपूर्वक राजनैतिक आस्था राख्ने र निर्भयताका साथ हिँडडुल गर्न नसकिने वातावरण सिर्जना भएको कांग्रेस कार्यकर्ताले बताएका छन् ।


आईतवार वेलुका ४ः४५ वजे सुनिल स्मृती गाउँपालिका ४ सुलिचौर स्थीत रेष्ट पोईन्ट रेष्टुरेन्ट एण्ड वारमा खाजा खाँदै गरेका अध्यक्ष पुनलाई गोलि प्रहार गरि हत्या गरिएको थियो । पोस्तोलबाट प्रहार गरिएको गोलि लागि अध्यक्ष पुन घटनास्थलमै ढलेको प्रत्यक्षदर्शीले वताएका छन । छातिमा २ र पेटमा १ गोलि लागेका पुनको घटना स्थलमै मृत्यु भएको वताइएको छ । दिनदहाडै प्रहरी चौकी नजिक भएको हत्याकाण्डले कानूनी शासनको खिल्लीमात्रै नउडाई सरकारको सुरक्षा संवेदनशीलता माथि नै गम्भिर प्रश्न उठाएको नेपाल तरुण दल रोल्पाका सचिव लिलाधर आचार्यले वताए ।

हत्यामा संलग्न समूहलाई प्रहरीले पक्राउ नगर्नुले आशंका थपिएको तरुण नेताहरूले आरोप लगाएका छन् । हत्यामा धेरै जनाको संलग्नता रहे पनि रोल्पा नगरपालिका १० धवाङका देववहादुर घर्तीले पेस्तोल सहित प्रहरीमा आत्म समर्पण गरेको वताइएको छ । हत्यामा संलग्न पूर्व माओवादी केन्द्रको कार्यकर्ता रहेका घर्तीसंगै सोही पार्टी संवद्ध अन्य व्यक्ति भने अझै सम्म फरार रहे पनि प्रहरीले पक्राउ गर्न नसकेको नेपाली कांग्रेस रोल्पाले आरोप लगाएको छ ।

तरुण नेताको हत्याको विरोधमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय र नेपाल तरुण दल केन्द्रीय समितिले छुट्टा छुट्टै विज्ञप्ती प्रकाशित गरि हत्याको विरोध गरेका छन । नेपाली कांग्रेसका कार्यालय सचिव र नेपाल तरुण दलका महासचिवद्धारा हस्ताक्षरित विज्ञप्तीमा सत्ताको आडमा हत्याकाण्ड भएको आरोप लगाएका छन् । घटनालाई राजनैतिक रङ नदिई अपराधिहरूलाई हदैसम्मको कानूनी कारवाही गर्न तर्फ लाग्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मनसिं डाँगीले प्रतिकृया दिए । पात्र कुनै दल संग निकट भएकै आधारमा घटनालाई पनि दल संग जोड्दा पिडितले न्याय पाउन नसक्ने वातावरण वन्ने तर्फ सचेत रहनु पर्छ नेता डाँगीले भने । मृतक पुनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा लगिए पनि परिवारले शव बुझ्न मानेका छैनन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१