ताजा अपडेट

झन्डै ३५ घण्टापछि मुग्लिन-नारायणगढ सडकमा दुईतर्फी गाडी सञ्चालन

          |   126 Views   |   Published Date : 12th September 2018 |

भदौ २७ | झन्डै ३५ घण्टापछि मुग्लिन-नारायणगढ सडकमा दुईतर्फी गाडी सञ्चालन भएको छ। ठाउँ ठाउँमा पहिरो खसेका कारण सोमबार राति ११ बजेदेखि बन्द सडक १८ घण्टापछि मंगलबार साँझ करिब ७ बजेतिर एकतर्फी खुलाइएको थियो।

बुधबार बिहान साढे १० बजेदेखि भने दुईतर्फी नै गाडी चल्ने व्यवस्था मिलाइएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले नेपालखबरलाई जानकारी दिए। पहिरो पूरै पन्छाउन बाँकी भए पनि सवारीसाधनको चाप र यात्रुको मर्कालाई मध्यनजर गरेर दुईतर्फी गाडी चल्ने व्यवस्था मिलाइएको उनले बताए।

उनका अनुसार सडक ठूलो भएकाले पहिरो पूरै नपन्छाउँदै पनि दुईतर्फी गाडी सञ्चालन गर्ने व्यवस्था मिलाउन सकिएको हो।  प्रमुख जिल्ला अधिकारी बस्नेतले नेपालखबरसँग भने, ‘सवारीसाधनको जाम लामो भएकाले यातायात राम्रोसँग सञ्चालन हुन अरू आधा/एक घण्टा लाग्ला।’

यद्यपि पहिरो पूरै साफ गर्न भने बाँकी नै रहेको उनले बताए। चारकिलो भन्ने स्थानमा अझै पहिरो बाँकी छ।  सवारीसाधनको चाप घटेपछि दिउँसोतिर त्यसलाई पन्छाइने उनले जानकारी दिए। मुग्लिन-कुरिनटार क्षेत्रमा सयौं सवारीसाधन जाममा परेका छन्।  सडक बन्द हुँदा खासगरी तीजमा माइत हिँडेका महिला बढी समस्यामा परेका छन्।

 

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१