पहिरोमा परेर डाँगीको निधन

घोराही,  भदौ । सल्यानमा पहिरोबाट खसेको ढुंगाले लाग्दा एक जनाको निधन भएको छ । मलामीबाट घर फर्कने क्रममा सल्यानको कालीमाटी गाउँपालिका—१ चादीका ४६ बर्षीया भक्तबहादुर डाँगीको ढुंगाले लाग्दा निधन भएको हो । शनिबार (हिजो) शारदा नदिबाट मलामी गएर फर्केने क्रममा डाँगीलाई पहिरोबाट खसेको ढुंगाले लाग्दा घटनास्थलमै निधन भएको सल्यान प्रहरीले जनाएको छ । यस्तै पहिरोबाट खसेका ढुंगाले लाग्दा अन्य आठ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । साथै उनीहरुको स्थानीय मेडिकलमा सामान्य उपचार गरेर घर फर्केको प्रहरीले जनाएको छ । यस्तै मृतक डाँगीको सल्यान अस्पतालमा पोष्टमाटम् गरेर दाह सस्कारका लागि आफन्तलाई बुझाएको सल्यान प्रहरी प्रमुख बिरेन्द्रबहादुर शाहीले जानकारी दिनुभएको छ । Facebook Comments