दुर्गम वस्तीमा निशुल्क स्वास्थ्य शिविर
शिवु खनाल देउखुरी, भदौ | राजपुरमा गाउपालिकाका वडा नम्ब्र २ बेलामा एक दिने निशल्क स्वास्थ्य शिविर आईतवार सम्पन्न भएको छ । ओम पोलिक्लिनिक लमहीको आयोजनामा राजपुर गाउँपालिका वडा नम्बर २ जन ज्याती मा.वि. बेला स्कुलमा एक दिने निशल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । उक्त निशुल्क स्वास्थ्य शिविरमा १ सय ३० जना विरामीहरुको निशुल्क स्वास्थ्य चेकजाँच गरि औषधी वितरण गरिएको डा.नविन पोख्रेले जानकारी दिनुभयो । शिविरमा हाडजोर्नी सम्बन्धी, छाती दुख्ने र पेट सम्बन्धी चेकजाँच गरि निशुल्क औषधी वितरण गरि स्वास्थ्य सम्बन्धी सल्लाहा सुझाव दिएको हौँ, डा. नविन पोख्रेले भन्नुभयो । राजपुर गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविरको क्याम्प बसेको थिएन, स्थानियहरुले यो दुर्गम बस्तीमा निशुल्क स्वास्थ्य शिविर पाउदा निकै हर्ष भएको देखियो, डा. पोख्रेले बताउनुभयो । राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित गाउँमा निशुल्क स्वास्थ्य शिविर आएको थिएन, आफ्नो रोगव्याज चेकजाँच गराई निशुल्क औषधी पाउदा निकै खुसी छौँ स्थानिय कमला बुढाले भन्नुभयो । पहिलो पटक दुर्गम बस्तीमा निशुल्क शिविर लग्यौँ, डा.हरुलाई चेकजाँच नगराई मेडिकल सञ्चालक द्धारा जथाभावी औधषी लिने गरेको पायौँ, डा. नविन पोख्रेलले बताउनुभयो । शिविरमा नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डा.हरुलाई चेकजाँच गराई औषधी लिनलाई प्रोत्साहन गरिएको छ । साथै राजपुर गाउँपालिका वडा नम्बर २ जन ज्योती मा.वि. बेला स्कुलका ८, ९ र १० कक्षामा अध्यनरत विद्यार्थिहरुको निशुल्क ब्लडगु्रपिङ्ग छुट्टाइएको … Continue reading दुर्गम वस्तीमा निशुल्क स्वास्थ्य शिविर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed