ताजा अपडेट

दुर्गम वस्तीमा निशुल्क स्वास्थ्य शिविर

          |   28 Views   |   Published Date : 10th September 2018 |

शिवु खनाल देउखुरी,  भदौ | राजपुरमा गाउपालिकाका वडा नम्ब्र २ बेलामा एक दिने निशल्क स्वास्थ्य शिविर आईतवार सम्पन्न भएको छ । ओम पोलिक्लिनिक लमहीको आयोजनामा राजपुर गाउँपालिका वडा नम्बर २ जन ज्याती मा.वि. बेला स्कुलमा एक दिने निशल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

उक्त निशुल्क स्वास्थ्य शिविरमा १ सय ३० जना विरामीहरुको निशुल्क स्वास्थ्य चेकजाँच गरि औषधी वितरण गरिएको डा.नविन पोख्रेले जानकारी दिनुभयो ।
शिविरमा हाडजोर्नी सम्बन्धी, छाती दुख्ने र पेट सम्बन्धी चेकजाँच गरि निशुल्क औषधी वितरण गरि स्वास्थ्य सम्बन्धी सल्लाहा सुझाव दिएको हौँ, डा. नविन पोख्रेले भन्नुभयो ।

राजपुर गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविरको क्याम्प बसेको थिएन, स्थानियहरुले यो दुर्गम बस्तीमा निशुल्क स्वास्थ्य शिविर पाउदा निकै हर्ष भएको देखियो, डा. पोख्रेले बताउनुभयो । राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित गाउँमा निशुल्क स्वास्थ्य शिविर आएको थिएन, आफ्नो रोगव्याज चेकजाँच गराई निशुल्क औषधी पाउदा निकै खुसी छौँ स्थानिय कमला बुढाले भन्नुभयो ।

पहिलो पटक दुर्गम बस्तीमा निशुल्क शिविर लग्यौँ, डा.हरुलाई चेकजाँच नगराई मेडिकल सञ्चालक द्धारा जथाभावी औधषी लिने गरेको पायौँ, डा. नविन पोख्रेलले बताउनुभयो । शिविरमा नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डा.हरुलाई चेकजाँच गराई औषधी लिनलाई प्रोत्साहन गरिएको छ ।

साथै राजपुर गाउँपालिका वडा नम्बर २ जन ज्योती मा.वि. बेला स्कुलका ८, ९ र १० कक्षामा अध्यनरत विद्यार्थिहरुको निशुल्क ब्लडगु्रपिङ्ग छुट्टाइएको हो । शिविरमा डेण्टल डा.समिर भण्डारी, रस्तीता बस्नेत द्धारा २० जनाको निशुल्क डेण्टल किल्निक चेकजाँच गरि दुई जनाको दात फालेर उपचार गरिएको छ । शिविरमा डा. नविन पोख्रेल र स्वास्थ्यकर्मीहरु द्धारा चेकजाँच गरिएको हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१