गाउँपालिकाको उदाहरणिय कामः जेष्ठ नागरिकलाइ सम्मान
शंकर के सी सल्यान, भदौ | सल्यानको कपुरकोट गाउँपालिकाको नीती तथा कार्यक्रम अनुसार जेष्ठ नागरिकहरु सम्मानीत भएका छन् । ७५ वर्ष नाघेका पुरुष जेष्ठ नागरिकलाइ आइतबार बुवाको मुख हेर्ने दिनको अवसरमा सम्मान गरिएको गाउँपालिकाले जानकारि दिएको छ । कपुरकोटमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले दोसल्ला ओढाएर सम्मान गर्दै संशार देखाउने बाउआमालाइ हरेक सन्तानले सम्मान गर्न सक्नुपर्ने भन्दै बृद्धबृद्धाको सम्मानले मात्र धर्म परम्परा जिवित रहने बताए । आमाको मुख हेर्ने दिनमा महिला जेष्ठ नागरिकलाइ सम्मान गरिने जनाउँदै उनले समाज रुपान्तरणका लागि ज्येष्ठ नागरिकले गरेको गरिमामय भूमिकालाई सन्ततिहरुले कहिले पनि भुल्न नहुने बताए । अध्यक्ष सेनले गाउँपालिकाभरिका जेष्ठ नागरिकहरु जम्मा भएर विगतका अनुभव आदानप्रदान गर्ने, भजनकृतनमा रमाउने वातावरण सृजना गर्न छिट्टै जेष्ठ नागरिक भवनको व्यवस्थापनमा आफुहरु लागेको बताए । सम्मान पाएपछि खुसि व्यक्त गर्दै जेष्ठ नागरिक अम्बर बहादुर सेनले कपुरकोट गाउँपालिकाको बृद्धबृद्धालाइ सम्मान गर्ने निती अनुसार हरेक सन्तान र समाजका हरेक व्यक्तिले आफ्ना बुवाआमाको ख्याल राख्नुपर्ने धारणा राखे । उनले अझै आफुहरु समाजमा र घरमा समेत अपहेलित हुनुपरिरहेको जनाउँदै सरकारले विशेष सेवासुविधा जेष्ठ नागरिकलाइ उपलव्ध गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा वडा नम्बर ३ मा ७५ वर्ष उमेर नाघेका ८ जना जेष्ठ नागरिकलाइ सम्मान गरिएको थियो । वडा सचिव गुरु प्रसाद योगीले सहजीकरण गरेको कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष मिन बहादुर … Continue reading गाउँपालिकाको उदाहरणिय कामः जेष्ठ नागरिकलाइ सम्मान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed