ताजा अपडेट

गाउँपालिकाको उदाहरणिय कामः जेष्ठ नागरिकलाइ सम्मान

          |   22 Views   |   Published Date : 10th September 2018 |

शंकर के सी सल्यान, भदौ | सल्यानको कपुरकोट गाउँपालिकाको नीती तथा कार्यक्रम अनुसार जेष्ठ नागरिकहरु सम्मानीत भएका छन् । ७५ वर्ष नाघेका पुरुष जेष्ठ नागरिकलाइ आइतबार बुवाको मुख हेर्ने दिनको अवसरमा सम्मान गरिएको गाउँपालिकाले जानकारि दिएको छ ।

कपुरकोटमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले दोसल्ला ओढाएर सम्मान गर्दै संशार देखाउने बाउआमालाइ हरेक सन्तानले सम्मान गर्न सक्नुपर्ने भन्दै बृद्धबृद्धाको सम्मानले मात्र धर्म परम्परा जिवित रहने बताए । आमाको मुख हेर्ने दिनमा महिला जेष्ठ नागरिकलाइ सम्मान गरिने जनाउँदै उनले समाज रुपान्तरणका लागि ज्येष्ठ नागरिकले गरेको गरिमामय भूमिकालाई सन्ततिहरुले कहिले पनि भुल्न नहुने बताए । अध्यक्ष सेनले गाउँपालिकाभरिका जेष्ठ नागरिकहरु जम्मा भएर विगतका अनुभव आदानप्रदान गर्ने, भजनकृतनमा रमाउने वातावरण सृजना गर्न छिट्टै जेष्ठ नागरिक भवनको व्यवस्थापनमा आफुहरु लागेको बताए ।

सम्मान पाएपछि खुसि व्यक्त गर्दै जेष्ठ नागरिक अम्बर बहादुर सेनले कपुरकोट गाउँपालिकाको बृद्धबृद्धालाइ सम्मान गर्ने निती अनुसार हरेक सन्तान र समाजका हरेक व्यक्तिले आफ्ना बुवाआमाको ख्याल राख्नुपर्ने धारणा राखे । उनले अझै आफुहरु समाजमा र घरमा समेत अपहेलित हुनुपरिरहेको जनाउँदै सरकारले विशेष सेवासुविधा जेष्ठ नागरिकलाइ उपलव्ध गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा नम्बर ३ मा ७५ वर्ष उमेर नाघेका ८ जना जेष्ठ नागरिकलाइ सम्मान गरिएको थियो । वडा सचिव गुरु प्रसाद योगीले सहजीकरण गरेको कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष मिन बहादुर सेनले जेष्ठ नागरिकको सम्मानका लागी यो सानो कदम भएको जनाउँदै आगामी वर्ष जेष्ठ नागरिकको सम्मानका लागी अन्य फरक कार्यक्रम बनाइने जनाए । वडा सदस्य प्रदिप खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रममा गाउँ कार्यपालिका सदस्य ठकविर कामी, पत्रकार महासंघ कर्णालि प्रदेशका सदस्य तथा रेडियो कपुरकोटका कार्यकारि प्रमुख सन्तोष घर्ती लगायतले बोल्दै जेष्ठ नागरिक संग रहेको सिप र दक्षतालाइ समाजले उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य ललीता गिरी, अनुसन्धान अधिकृत चिरञ्जीवि बुढा, साना किसान कृषि सहकारी संस्थाका जीत प्रसाद आचार्य, वडा सदस्य टिकाराम बुढाथोकी लगाएतकाको सहभागीता थियो ।

कपुरकोट गाउँपालिकाले प्रत्येक वर्ष बुवा÷आमाको मुख हेर्ने दिनको अवसर पारेर ७५ वर्ष माथीका जेष्ठ नागरिकलाइ सम्मान गर्ने निती लिएको छ । जस अनुसार गाउपालिका भित्रका ६० भन्दा बढि जेष्ठ नागरिक (पुरुष) लाइ आइतबार सम्मान गरिएको छ भने आमाको मुख हेर्ने दिनको अवसरमा जेष्ठ नागरिक (महिला) लाइ सम्मान गरिने गाउँपालिकाले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१