ताजा अपडेट

प्रकाण्ड प्रकरण ८ दिनको म्याद थप

          |   101 Views   |   Published Date : 10th September 2018 |

नवीन अभिलाषी दाङ, भदौ  । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई दाङको अदालतमा उपस्थित गराइएको छ । शुक्रबार बेलुका दाङ ल्याइएका प्रकाण्डलाई आइतबार दिउँसो अदालतमा उपस्थित गराएर ८ दिनको म्याद थप गरिएको छ ।

गत २० गतेको मितिले २७ गतेसम्मको म्याद थप गरिएको अदालतका श्रेस्तेदार गम्भीर रानाले बताउनुभयो । थप गरिएको म्यादमध्ये अब ३ दिन मात्रै बाँकी छ । गत २० गते भोजपुर अदालतले छोडेको थियो । २२ गते नै म्याद थप गर्ने दाङको प्रहरीले तयारी गरेको थियो ।


अदालत परिसरमै पत्रकारसँग संक्षिप्त कुरा राख्दै प्रकाण्डले सरकारले राजनीतिक पुर्वाग्रह लिएर झुट्टा मुद्धाको खेती गरिरहेको बताउनुभयो । म्याद थपबारे जानकारी दिँदै प्रकाण्डले सामान्य बहस समेत भएको बताउनुभयो । बहस गर्दा सरकारसँग कुनै तथ्य आधार नभएरै राजनीतिक आग्रह पुर्वाग्रहले झुट्टा मुद्धा लगाउन खोजेको प्रकाण्डको प्रतिक्रिया थियो ।

पूर्व सहकर्मी गृहमन्त्री हुँदा तपाईको हातमा हत्कडी किन लाग्दैछ ? भन्ने पत्रकारको प्रश्नमा प्रकाण्डले विगत १० वर्षसम्म नेपाली समाज परिवर्तन र जनताको मुक्तिका लागि संघर्ष गरे पनि पछिल्लो समय उहाँहरु प्रतिकित्तामा पुगेको, आन्दोलनबाट भागेको टिप्पणी गर्नुभयो । यसरी राजनीतिक पुर्वाग्रह लिएर दुःख दिने कामको सरकारले ठूलो मुल्य चुकाउनु पर्ने बताउनुभयो । अदालत परिसरमा नेकपाका कार्यकर्ताहरुको समेत भिड थियो ।

म्याद थपपछि प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालयमै थुनामा राखिएको छ । गत मंसिरमा तुलसीपुरमा भएको बम काण्डमा प्रकाण्ड मुछिएको सरकारको आरोप छ । प्रदेश र संघको निर्वाचनको क्रममा मंसिर १२ गते नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवा सहभागी निर्वाचन सभालाई लक्षित गरी बम विष्फोट भएको थियो । सभास्थल ५ सय मिटरको दूरीमा भएको विष्फोटमा म्यादी प्रहरी तुलसीपुरकै २३ वर्षिय विनोद चौधरीको मृत्यु भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१