ताजा अपडेट

तीज गीत हिंसा अन्त्यको कुरा

          |   93 Views   |   Published Date : 9th September 2018 |

  घोराही, २४ भदौ । दाङको सौडियारका महिलाहरुले तीज गीत मार्फत लैंगिक हिँसा अन्त्यमा जोड दिएका छन । घोराही उपमहानगरपालिका वडा नम्वर ७को आयोजनामा मा.वि.सौडियारमा आयोजना गरेको तीज गीत प्रतियोगितामा सहभागी महिलाहरुले घरपरिवार, समाज जताततै हिँसाको घटना बढेको भन्दै त्यसलाई रोक्न पहल थाल्नुपर्नेमा जोड दिएका छन ।


पछिल्लो समयमा बलात्कारका घटना बढेको प्रति दुख व्यक्त गर्दै प्रतियोगितामा सहभागी कमला वस्नेतले त्यसलाई रोक्न सवै लाग्नुपर्ने सन्देश दिइन । तीज मिलन कार्यक्रमका संयोजक गोमा नेपालीको अध्यक्षता तथा बयोबृद्ध हिमराज रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नृत्य र गीत प्रतियोगिता सञ्चालन गरिएको थियो ।


लैंगिक हिँसा न्यूनीकरण सम्वन्धि भएको तीज गीत प्रतियोगितामा बेलहरी टोल बिकास संस्थाकी कमला केसी प्रथम,क नरिया टोल विकास संस्थाकी कमला वस्नेत द्धितिय र बेलहरी टोल बिकास संस्थाकै सुमित्रा केसीले तृतिय स्थानहासिल गरेका थिए ।

यसैगरी नृत्य प्रतियोगितामा नारायणी बुढाथोकी प्रथम, रोशनी घर्ती मगर द्धितिय र पविता चौधरीले तृतिय स्थान प्राप्त गरेका थिए । बिजयी सवैलाई प्रमाणपत्र र पुरस्कार प्रदानगरिएको थियो । महिला वडा सदस्य सुशिला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा सदस्यहरु छन्दबहादुर केसी, दिपक चौधरी, वडा सचिव चन्द्रबहादुर केसी, शिक्षक कान्तुलाल भण्डारी, मूल्याङ्नकर्ता प्रभा गौतम, पत्रकार बिमल योगी लगायतले आआफनो धारणा राखेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१