ताजा अपडेट

कथा काठमाडौंको टोली २६ गते दाङमा, तीज महोत्सव र पुल पार्टीमा विशेष प्रस्तुती हुने

          |   157 Views   |   Published Date : 9th September 2018 |

दाङ, भाद्र २४ ।  युट्यूवमा गीत एवं ट्रेलर भाइरल भएको वहुप्रतिक्षित चलचित्र कथा काठमाडौंको टोली भदौ २६ गते दाङमा आउने भएको छ । प्रियङ्का कार्कीको हटसिनका कारण पछिल्लो समयमा सामाजिक सञ्जालमा भाइरल भएको चलचित्र कथा काठमाडौंको टोली विशेष कार्यक्रमका लागि भाद्र २६ गते दाङ आउन लागि रहेको हो ।

देशका केही शहरहरुमा चलचित्रको प्रमोशनका लागि कार्यक्रम गरिरहेको कथा काठमाडौंको टोलीले दाङलाई पनि आफ्नो गन्तव्य बनाएको छ । प्रियङ्का कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज, सन्ध्या पौडेललगायतका कलाकारहरुको अभिनय रहेको कथाकाठमाडौंमा हरिवंश आचार्य, सुगम पोख्रेल, इन्दिरा जोशी सुरज बिक्रम थापालगायतको स्वरमा गीतहरु रहेका छन् । सञ्चारकर्मी संगीता श्रेष्ठको निर्देशन रहेको उक्त चलचित्रको निर्माता बिजय राई हुनुहुन्छ ।


दाङको घोराहीमा भाद्रा २६ गते पत्रकार सम्मेलन हुनेछ । त्यसपछि घोराहीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको तीज महोत्सवमा, २६ गते घोराहीको भिङ्ग्रेली भिलेजमा आयोजना गरिएको पुल पार्टी कार्यक्रममा कथा काठमाडौंको टोलीको विशेष प्रस्तुती हुनेछ । सविन प्रियासन र यादव सैघालीको विशेष सक्रियतामा कथा काठमाडौंको टोली दाङ आउ लागि रहेको हो । पूर्वको झापा, दमक, धरान, इटहरीमा भव्य कार्यक्रमको आयोजना गरेर काठमाडौं पुगेको फिलिमको टोली त्यहाँबाट दाङका लागि सोमबार हिँड्नेछ ।

असोज १२ गते अल नेपाल रिलिजको तयारीमा रहेको कथा काठमाडौंको टोली असोज १ गतेबाट काठमाडौं केन्द्रीत प्रचार अभियान जुट्ने निर्माता बिजय राइले जानकारी दिनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१