ताजा अपडेट

एकताको सन्देश दिनुपर्छ ः कोइराला

          |   72 Views   |   Published Date : 9th September 2018 |

दिवाकर पोख्रेल देउखुरी, भदौ २४ । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले गुठ–उपगुठ छाडेर एकताको सन्देश दिनुपर्ने बेला आएको बताउनु भएको छ । नेपाली काँग्रेस दाङ्ग क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री कोइरालाले पार्टी भित्रको आन्तरिक बिवादबाट अरुले फाइदा लिएको भन्दै एकताबद्ध हुन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

पार्टी भित्रका अधिबेसन आउँछन् जान्छन, अधिबेसनको बेला सल्लाह गरौला अहिले पार्टीलाई बलियो बनाउनु पर्छ, कोइरालाले भन्नुभयो । वीपी पुत्र समेत रहनु भएका काँग्रेस महामन्त्रि कोइरालाले वीपीको योगदान पार्टीमा धेरै रहेको भन्दै वीपीको सिद्धान्तलाई पछ्छाउन आवश्यक रहेको आँैल्याउनुभयो ।


नेपाली काँग्रेसको विचार, कार्यकर्ता र विकास महत्वपुर्ण रहेकोले काँग्रेस कहिल्यै पछि नपर्ने बताउनुभयो । काँग्रेसले कहिल्यै हार्दैन, हारेको छैन, स्वास्थ्य, शिक्षा, यातायातमा धेरै परिवर्तन काँग्रेसले ल्याएको छ, कोइरालाले भन्नुभयो । काँग्रसको स्पष्ट नीति रहेको दाबी गर्दै उहाँले बर्तमान सरकारले नयाँ कार्यक्रम ल्याउन नसकेको आरोप लगाउनुभयो ।

क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य बद्रि पाण्डेले काँग्रस संख्यामा हारे पनि विचारमा नहारेको भन्दै आपसी विवाद भन्दा पार्टी बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१