ताजा अपडेट

उपक्षेत्रिय अस्तव्यवस्त बनेको सरोकारवालाको गुनासो

          |   326 Views   |   Published Date : 9th September 2018 |

घोराही, भाद्र २४ । । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडी बढेको उपक्षेत्रीय अस्पताल अस्तब्यस्त बन्दै गएको सरोकारवालाले बताएका छन । उपक्षेत्रीय तहको अस्पतालले सामान्य उपचार समेत गर्न सकेको नसकेको भन्दै पुर्वाधारहरु कमजोर बन्दै गएको र कर्मचारीहरुको समेत अभाव हुँदै गएको उनीहरुले बताएका थिए ।


उद्योग बाणिज्य सघंले शुक्रवार घोराहीमा अस्पतालको विषयमा आयोजना गरिएको छलफलमा सहभागिहरुले यस्तो बताएका हुन । प्रतिष्ठानको उपकुलपतिमा नेपाली काँग्रेस समर्थित डा. संगीता भण्डारीलाई नियुक्त गरेसंगै बल्झिन थालेको विवाद अहिले पनि कायमै रहेको भन्दै उनीहरुले अस्पतालको विषय राजनीतिक इगो बन्न पुगको बताए । कार्यक्रममा अस्पतालको विकास र प्रतिष्ठान निर्माण गर्ने प्रक्रियामा क्रियाशिल नेकपाका नेता जीवन गौतमले नयाँ नेतृत्वले सबै दललाई नसमेटि होटलमा मुठ्ठि भरमा मानिसहरुको भरमा काम गर्न खोजेको बताए ।

दाङ जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले दाङमा कोठा नपाएर काठमाण्डौमा कार्यालय खोल्ने उपकुलपतिलाई सिंगै घर दिदा किन नआएको भन्दै प्रश्न आकोष व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले अस्पताललाई प्रतिष्ठानमा लैजाने या स्वायक्त सञ्चालन गर्ने भन्ने विषयमै मतभिन्नता रहेको बताए । दलहरुको भुमिकाबाट काँग्रेस पछाडी नपरेको भन्दै समन्वय र सहकार्यबाटै निकास निकाल्नको लागि तयार रहेको उनको भनाई थियो । प्रतिष्ठानको कार्यालय खोल्न, जग्गा खोज्न भन्दा पनि हालको उपक्षेत्रीय अस्पताललाई यहि अबस्थामा प्रभावकारी सेवा दिने सक्ने बनाउन आबस्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा सहभागी प्रदेश सांसद अमरबहादुर डाँगी, दामा शर्मा र अर्जुन श्रेष्ठले ऐनमा प्रष्ट रुपमा लेखिएको विषयलाई कार्यान्वयन गरे समस्या नभएको बताएका थिए । अस्पतालका कर्मचारीहरु प्रतिष्ठानमा लैजाने ऐनमै प्रष्ट रुपमा लेखिएकाले कर्मचारीहरु नआत्तिन पनि उनीहरुले आग्रह गरे ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले अस्पतालको अहिलेको नेतृत्वले आफ्नो भुमिका निभाउन नसकेको बताए । उनले अस्पताल र प्रतिष्ठानको विवादले कर्मचारीहरुले असुरक्षित महसुस गरेको भन्दै मेयर चौधरीले बैचारिक विषयमा राजनीति गर्न तर सेवा र विकासको विषयमा राजनीति नगर्न आग्रह गरे ।

सरोकार समिति गठन
लामो समय देखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र उपक्षेत्रीय अस्पताल विचको द्धन्द्ध समाधान गर्दै अस्पतालको विकासका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समिति गठन गरीएको छ । शुक्रबार घोराहीमा भएको सर्वदलिय तथा सर्वपक्षिय छलफलले उद्योग बाणिज्य संघको नेतृत्वमा समिति गठन गरेको छ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषालको संयोजकत्वमा निर्माण गरीएको समितिका सदस्यहरुमा नेपाल कम्युनिष्ट पार्टीका निर्मल आचार्य, लक्ष्मण आचार्य, नेपाली काँग्रेसका शंकर प्रसाद डाँगी, गिरीराज सुबेदी, नागरिक समाजका संयोजक चन्द्रराज पन्त, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, उद्योग बाणिज्य महासंघ प्रदेश उपाध्यक्ष हेमराज बन्जाडे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र फोरमका विन्ती राम यादव सदस्य रहेका छन ।

समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती उपक्षेत्रीय अस्पतालको विचमा देखिएका समस्याहरुलाई समाधान गर्दै प्रतिष्ठान निर्माणको प्रक्रियालाई अगाडी बढाउन मन्त्रालयमा डेलिगेसन समेत जाने भएको छ । तत्कालको अस्पतालको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि विशेषज्ञ डाक्टर कर्मचारीहरुको व्यवस्थापनको काममा सहयोग गर्ने नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले बताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१