ताजा अपडेट

कांग्रेस सभापती देउवा आज देउखुरीमा

          |   64 Views   |   Published Date : 8th September 2018 |

शिवु खनाल घोराही, २३ भदौ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज देउखुरी आउनु भएको छ । आज लमहीमा हुने क्षेत्र स्तरको कार्यकर्ता भेलालाई सम्वोधन गर्न उहाँ देउखुरी आउनु भएको नेपाली कांग्रेस क्षेत्रिय सभापती भेषराज पाण्डेले जानकारी दिनुभयो ।

दिउँसो २ बजे देउखुरी उद्योग बाणिज्य संघको सभाहलमा कार्यक्रम हुने छ । यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको लागी लमहीमा सुरक्षाको पूर्व तयारी गरिएको वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिनु भएको छ । यस्तै भोली २४ गते बिहान ८ बजे महामन्त्री सशांक कोईरालाको विशेष उपस्थितीमा कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१